मलेसियाको जोहरबारुमा शुभकामना आदानप्रदान तथा सिर्जना वाचन कार्यक्रम हुने



राम प्रसाद सुबेदी संगम ।
मलेसिया अप्रिल १५।मलेसियाको जोहरबारुमा शुभकामना आदानप्रदान तथा सिर्जना वाचन कार्यक्रम हुने भएको छ । साहित्यिक चौतारी नेपाल मलेसिया शाखाको आयोजनामा आगामी अप्रिल २८ तारिख आइतबारका दिन शुभकामना आदानप्रदान तथा सिर्जना वाचन कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष रेशम बिष्टले जानकारी दिनु भएको छ।

नेपाली साहित्यको विकास र विस्तारमा निरन्तर साहित्यिक गतिविधि गर्दै आएको संस्था साहित्यिक चौतारी नेपाल मलेसिया शाखाले यसपटकको कार्यक्रम नेपालीहरूको नयाँ वर्ष २०७६ सालको पावन अवसरमा शुभकामना आदानप्रदान तथा सिर्जना वाचन कार्यक्रम मलेसियाको जोहरबारु सेनाई अन्तरगत सेनाई एकान्टसिभ नजिकै रहेको नमस्ते रेष्टुरेन्ट एण्ड भान्साघरको कार्यक्रम हलमा आयोजना गर्न लागेको उपाध्यक्ष राम प्रसाद सुबेदी संगमले जानकारी दिनुभयो ।

कार्यक्रममा मलेसिया मा रहेर साहित्य विधामा कलम चलाउने ११ बढि सर्जकहरूले सृजना वाचन गर्ने महासचिव राजन कार्कीले जानकारी दिनु भयो। उहाँका अनुसार कार्यक्रममा राजन कार्की,बरुण बाबु बिस्वकर्मा,खेम मगर कान्छा,महेन्द्र सिंह,शिव सहयात्री पराजुली,प्रित अञ्जुली,अनुप राना मगर,काशिनाथ खड्का,दल बहादुर लामा,ऋतिक नेपाल र रेशम बिस्टले सृजना वाचन गर्नु हुनेछ ।

साहित्यिक चौतारी नेपालका केन्द्रीय अध्यक्ष सन्दीप संग्रौला दिलदुखीुले देश तथा बिदेशमा स्थापना भएका धेरै शाखाहरुले यो भन्दा अगाडि धेरै कार्यक्रम गरिसकेको भए पनि अबका कार्यक्रम श्रृङ्खलाबद्द तरिकाले सञ्चालन हुने जानकारी दिनुभयो उहाँका अनुसार कार्यक्रमको नाम  साहित्य मञ्जरीू राखिएको र पहिलो श्रृङखला मलेसिया शाखाले शुभकामना आदानप्रदान तथा सृजना वाचन कार्यक्रम गर्न लागेको हो। मञ्जरीको दोश्रो श्रृङ्खला प्रदेश नं ३ को शाखाले अनि तेस्रो श्रृङ्खला साउदी शाखाले सन्चालन गर्ने छ र अब हुने चौतारीका जुनसुकै शाखाका कार्यक्रम पनि साहित्य मञ्जरीका श्रृङ्खलामा समेटिने छन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्