अझै तीनदिन सम्म मेघगर्जन,हावाहुरी सहित वर्षा हुने सम्भावना



काठमान्डौ। आजदेखि पुनः तीन दिनसम्म वर्षा र हुरीको सम्भावना रहेको छ ।आज भारतबाट पश्चिमी वायु नेपाल भित्रिँदै छ । जसका कारण मेघ गर्जनसहित वर्षाका साथै हावाहुरी र चट्याङको सम्भावना छ रहेको मौसमविद्ले जानकारी दिएका छन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार यो वायु प्रवेशपछि आज विशेषगरी पश्चिमको तराई क्षेत्रमा मेघ गर्जनसहित वर्षाका साथै चट्याङ पर्ने र हुरीबतास चल्ने सम्भावना छ। अपराह्नसम्म यो वायु पश्चिमको पहाडी क्षेत्रमा प्रवेश गर्नेछ। यसैगरी उक्त पश्चिमी वायु भोलि बुधबार पूर्वी क्षेत्रमा सर्ने मौसमविद् श्रेष्ठले जानकारी दिए। ‘भोलि पूर्वी तराईमा हुरीबतासको सम्भावना छ,’ उनले भने।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पश्चिमी क्षेत्रमा सामान्य बदली र पूर्वी तथा मध्य क्षेत्रमा आंशिकदेखि सामान्यसम्म बदली हुनेछ । र, पश्चिमका केही स्थान तथा मध्य र पूर्वका थोरै स्थानमा मेघ गर्जन, चट्याङ तथा हुरीबताससहित असिना पानी पर्ने सम्भावना छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्