मृगौला पिडीत बस्नेतको सहयोगको याचना



सैघाली खबर,
दाङ,१४ भदौ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ कपडादेविका दिल बहादुर बस्नेतले आफ्नो श्रीमतिको उपचारका लागि सहयोग गरीदिन आग्रह गर्नुभएको छ । ३८ वर्षकी छवि कुमारी बस्नेतको दुई वटै मृगोललमा आएको समस्याको कारण उपचारका लागि आर्थिक सहयोगका लागि याचना गर्नु भएको हो ।

बिगत एक वर्षदेखि बिरामि परेको छवि कुमारी बस्नेतको अहिले शिक्षण अस्पताल कोहलपुरमा उपचार भई रहेको उहाँको दिलबहादुरले बताउनुभयो ।
उपचारका लागि झन्दै ६ लाख खर्च भएको र घरमा कुनै पनि आय स्रोत नभएको उहाँले बताउनुभयो । डक्टरको सल्लाह अनुसार श्रीमती छविको दुई वटै मृगौला प्रत्यारोपन गर्नुपर्ने भएकोले आर्थिक सहयोगको लागि विभिन्न संघ संस्थाहरुलाइ समेत आग्ह गर्नु भएको छ ।
आफू एैलानि जग्गामा बस्दै आएको उहाँले बताउनुभयो ।

बस्नेतका एक एक जना छोराछोरी र श्रीमती परिवारमा हुनुहुन्छ ।
सहयोगका लागि राष्ट्रिय बानिज्य बैङकको खाता नं. २०२४८ र एभेरेष्ट बैङकको खाता नं. ०३३००५०१२०१६९५ मा रकम जम्मा गरीदिन आग्रह गर्नु भएको छ ।
त्यस्तै सम्पर्कका लागि मोबाईल नम्बर ९१२८३९३७७ र ९०८४८३५०१ बस्नेतले दिनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्