काठमाडौ।
सुचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सरकारी जग्गा संरक्षण गर्ने सरकारको दायित्व रहेकाले सरकार पछि नहट्ने बताएका छन् ।
रुपन्देहीको मणिग्राममा प्रेस चौतारीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बालुवाटारको जग्गा खरिद गर्ने जोकोहीलाई पनि कानुनी दायरा ल्याएरै छाड्ने प्रतिबद्धता जनाएका छन।
‘अहिले त्यो जग्गा बेचविखन र हस्तान्तरण गर्नका लागि रोक लगाएको छ, त्यो मात्रै होइन सिराहाको पनि ३८ बिगाहा जग्गा पनि त्यस्तो रहेछ, त्यो सरकारले आफ्नो मातहतमा ल्याउँछ’, उनले भने ।
मन्त्री बास्कोटाले दल र विचारका आधारमा सरकार नतमस्तक हुन नसक्ने बताए । उनले भने, ‘सरकारी सम्पत्ति दुरुपयोग गर्ने कोहीकसैप्रति कुनै पद वा ओहदा, कुनै दल वा विचारप्रति नतमस्तक हुन सक्दैन ।’
उनले आफूले बालुवाटारको जग्गा खरिदमा मुछिएका नेकपा महासचिव विष्णु पौडेललाई सरकारले क्षतिपूर्ति दिनेबारेमा आएको समाचारहरुको खण्डन समेत गरे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।