नेपाल विधार्थी संघले पोखरा विश्वबिद्यालयमा गरे तालाबन्दि ! (प्रेस बिज्ञप्ति)



काठमान्डौ। नेपाल विधार्थी संघले पोखरा विश्वबिद्यालयमा तालाबन्दि गरेका छन् ।

विश्वबिद्यालयको निति नीयम बिपरित सार्बजनिक गरिएको परिक्षा तालिका र डि+ समस्या समाधान नगरी परिक्षा संचालन गर्न लागेको भन्दै नेपाली काँग्रेस निकट बिद्यार्थी संघले काठमान्डौका विश्वबिद्यालय अन्तर्गतका क्याम्पसहरुमा समेत ताला लगाएको हो।

३९१ जना बिद्यार्थीको भविस्य अन्योलमा पारि परिक्षा तालिका प्रकाशन गरेको भन्दै नेपाल विधार्थी संघ पोखरा विश्वबिद्यालय केन्द्रिय समन्वय समितीले गम्भीर आपत्ती जनाउँदै प्रेस बिज्ञप्ति जारि गरि तालाबन्दी गरेको हो ।

कलेज प्रशासन र पोखरा विश्वविधालयलाई समस्या समाधानको लागि हिजो २४घण्टे अल्टिमेटम दिएर समय उपलब्ध गराउँदा पनि आलटाल गरिएको भन्दै बिद्यार्थीहरु आक्रोशित बनेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्