दलित मोर्चाको प्रदेश सम्मेलन प्युठानमा हुने



सैघाली खबर,
दाङ,१४ भदौ।
नेपाल राष्ट्रिय दलित मुक्तिमोर्चा प्रदेश नं ५ को सम्मेलन भदौ २५ र २६ गते प्युठानमा हुने भएको छ।प्रदेश ५ को गत भदौ ५ गते दाङको भालुवाङमा बसेको बैठले यस्तो निर्णय गरेको हो। यसै बिच दलित मुक्तिमोर्चा दाङको बैठकले प्रदेश सम्मेलनका लागी ११ जना प्रतिनिधी चयन गरेको छ,।

प्रदेश सम्मेलन सफल पार्नका लागी बिभिन्न समीतीहरु पनि गठन गरेको छ। खड्क बहादुर सुनार सयोंजक ,राजेन्द्र बिश्वकर्मा ,कर्मलाल परीयार,उषा वि क रहेको प्रतिबेदन लेखन समीती ,कर्मलाल परीयार,सयोंजक ,आगबिर वि क,सोम विक , राधिका परीयार,जनक नेपाली रहेको प्रचार प्रसार बिभाग गठन गरेको छ।

मोर्चा दाङका अध्यक्ष जगत दर्लामीको अध्यक्षतामा बैठक बसेको हो।बैठकमा दलित मोर्चा प्रदेश नं ५ को इन्र्चाज चन्द्र बहादुर विश्वकर्माले सम्मेलन सफल पार्नै को लागी सबै लाग्न समेत निर्देशन दिनु भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्