काठमान्डौ। प्रदर्शन गर्ने क्रममा नेपाल बिद्यार्थी संघका दुई विद्यार्थी पक्राउ परेका छन्।नियम बिपरित भर्ना गर्ने ४२ वटा कलेज लाई कारबाही र ३९१ विद्यार्थी को भबिष्य सुनिस्चित हुनु पर्ने माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । प्रदर्शनका क्रममा सिजर भट्ट र सरोज थापा पक्राउ परेका छन्।
शिक्षा मन्त्रालयमा समय मागेको र मन्त्रालयले केहि चासो नदेखाएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका थिए। विश्वबिद्यालयको निति नीयम बिपरित सार्बजनिक गरिएको परिक्षा तालिका र डि+ समस्या समाधान नगरी परिक्षा संचालन गर्न लागेको भन्दै नेपाली काँग्रेस निकट बिद्यार्थी संघले काठमान्डौका विश्वबिद्यालय अन्तर्गतका क्याम्पसहरुमा समेत ताला लगाएको हो।
३९१ जना बिद्यार्थीको भविस्य अन्योलमा पारि परिक्षा तालिका प्रकाशन गरेको भन्दै नेपाल विधार्थी संघ पोखरा विश्वबिद्यालय केन्द्रिय समन्वय समितीले गम्भीर आपत्ती जनाउँदै प्रेस बिज्ञप्ति जारि गरि तालाबन्दी गरेको हो ।
कलेज प्रशासन र पोखरा विश्वविधालयलाई समस्या समाधानको लागि हिजो २४घण्टे अल्टिमेटम दिएर समय उपलब्ध गराउँदा पनि आलटाल गरिएको भन्दै बिद्यार्थीहरु आक्रोशित बनेका हुन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।