राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघ दाङले जिल्ला प्रसासन कार्यालय दाङ मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा नेपालका कुनै राजनीतिक दल र संगठनहरुले संघीयताको लागि आबाज उठाउने, माग गर्ने वा त्यसको लागि संघर्स गर्ने गरेको इतिहास छैन ।
यो भारतिय बिस्तारबाद्ले नेपाललाइ हस्तक्षेप गर्न सजिलो होस भनेर भित्राइयको हो । यसैकाकारण सामाजिक सद्भाव खलबलिने , क्षेत्रीय जातिय प्रकारको द्वेश उत्पन्न हुने , श्रोतसाधन परिचालन मा विबाद हुने, आर्थिक कठिनाई हुने, कार्य क्षेत्र निर्धारण मा सामस्या हुने हुदा संघीयता खारेज गर्नु पर्ने कुरा कुरा उल्लेख गरिएको छ ।
स्थानीय तहको संरचना अधिकार सम्पन्न गराउनु पर्ने , बिकास बजेट वृद्धि गर्नुपर्ने , भ्रष्टाचार र अनियमितता रोक्नु पर्ने , युबा लाई स्वरोजगार बनाउनुका साथै राष्ट्रिय उधोग धन्दाहरु स्थापना गर्नु पर्ने , बिदेशमा रहेका युबाहरुलाइ स्वदेशमै रोजगारको बताबरण बनाउनुका साथै बिदेशमा रहदा सम्म आफैले काम गरेको देशबाट निर्वाचनमा मतदान गर्न पाउने ब्यबस्था मिलाउनु पर्ने, वैदेशिक रोजगारिमा ठगी तथा अलपत्र परेका पिडित युबाहरुलाइ उचित न्याय , राहात तथा पुनस्थापन गर्नु पर्ने , लागुऔसध दुर्बेसनी तथा ओसारपसार लाई रोक्नु पर्ने , कालाबजारी, करचोर, तस्कर, बनमारा र भ्रष्टाचारिलाइ कडा सजायको माग समेत गरिएको छ ।
यसैगरी ज्ञापनपत्रमा राष्ट्रिय पुजि निर्माण मा जोड दिनुका साथै बिदेशी दलाल कम्पनिहरुको एकाधिकार को बिरोध गरिएको छ । एनसेल लगायत अन्य बहुराष्ट्रिय कमपनिहरुले लाभकर बाफतको अरबौ रकम बिदेश लैजाने गरेकाछ्न ।
उक्त रकम राज्यले लिनु पर्ने कुरामा जोड दिइएको छ । नेपाल माथी भएका सबै वैदेशिक हस्तक्षेप रोक्नु पर्ने , अरुण तेस्रो अपर कर्णाली जस्ता राष्ट्रघाती सन्धी सम्झौता खारेगर्नु पर्ने , प्रकृतिक श्रोत सधनमाथिको दोहन रोक्नु पर्ने , राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान तत्काल संचालन गर्नु पर्ने , पर्यावरण संरक्षण गर्नु पर्ने , सबै स्थानीय तह ले युबाहरुका लागि खेलकुद सामग्री तथा खेल मैदान को ब्यबस्था गर्नु पर्ने लगायत का कुराहरु उल्लेख गरिएको छ ।
जिल्ला अध्यक्ष चित्र बहादुर महतराले ज्ञापनपत्र बाचन गरेर निमित्त प्रखुक जिल्ला अधिकारी गणेशप्रसाद आचार्य लाई हस्तान्तरण गर्नु भएको थियोे भने प्रतिनिधि मण्डल को रुपमा श्रीराम भट्टराई , डोर बहादुर के सि, दीपक आर सि , हेमा पोख्रेल, चेतनाथ बस्नेत, उज्वल बन्जाडे लगायत हुनुहुन्थ्यो ।
साथै अखिल नेपाल युबक संघका पुर्ब केन्द्रीय अध्यक्ष कासिनाथ पोख्रेल र राष्ट्रिय जनमोर्चा दाङ का अध्यक्ष गणेश आचार्य को पनि उपस्थित रहेको थियो । उक्त ज्ञापनपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद आचार्य ले आफुले तत्काल प्रधानमन्त्री कार्यालय मा पठाउने र यो ज्ञापनपत्रमा उठेका बिसय ज्यादै महत्त्वपूर्ण हुनुका साथै भ्रष्टाचार बिरोधि कदम को स्रहना गर्दै त्यस्तो कुनै कुरा भेटेमा जानकारी गराउन समेत अनुरोध गर्नु भयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।