५० किलो गाँजासहित दुईजना पक्राउ



काठमाडौं । काठमाडौं महानगरपालिका–२ लाजिम्पाटस्थित सुवर्णशम्शेर मार्गबाट अवैध लागूऔषध गाँजा ५० किलो सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने सिन्धुली मरिण गाउँपालिका–४ का ३९ वर्षीय देवकुमार घिसिङ र सोही ठाउँ बस्ने सिन्धुली कमलामाई नगरपालिका–२ का ३० वर्षीय पदमबहादुर श्रेष्ठ छन् ।
अवैध लागूऔषध गाँजा ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा घिसिङ र श्रेष्ठको गाँजा बरामद गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्