राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यका बुवा बलिराम आचार्यको सम्मान र सम्झनामा ऐराबती गाउपालिका १ प्युठान को दाङ्बाङ माबीमा राखीएको अक्षकोष बाट गरिब तथा जेहेन्दार बिद्यार्थी मध्यबाट पाच कक्षा बाट दोस्रो स्थान हासिल गर्ने सम्झना नेपाली र ८ कक्षा बाट प्रथम स्थान हासिल गर्ने गोपाल नेपाली लाई पुरस्कार प्रदान गरिएको छ ।
उक्त पुरस्कार परिबारको तर्फ बाट मुक्ती आचार्य र जिल्ला समन्वय समिती प्युठानका उपप्रमुख पदम थापा ले हस्तान्तरण गर्नु भएको हो ।
बुवाको निधन पछि उहाकै सम्झनामा परिबार ले स्कुलमा अक्षकोष खडा गरेको थियोे । त्यही अक्षकोष बाट उक्त पुरस्कार प्रदान गरिएको हो । छोरा गणेश आचार्यले पुरस्कार हस्तान्तरण गर्ने लाई धन्यवाद दिदै पुरस्कार प्राप्त गर्नेको सैक्षिक उन्नयन र उत्तरोत्तर प्रगतिको कामना सहित बधाई दिनु भएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।