‘मोहोको साझेदार टिक्दैन ः नेता पोख्रेल ’



सैघाली खबर
दाङ १४, भदौ

नेकपा एमालेका स्थाई कमिटि सदस्य एंव पुर्व सञ्चारमन्त्री शंकर पोख्रेलले सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको सत्तागठवन्धन दिर्घकालिन नहुने वताएका छन । सत्ता र कुर्चिको मोहोका कारण दुइ दल क्षणिक रुपमा गठवन्धन गरे पनि त्यो गठवन्धन दिर्घकालिन नहुने परिस्थिति देखा परेको उनले वताएका छन । दाङको घोराही वुधवार देखी सुरु भएको नेकपा एमाले निकट भातृ संगठन युवा संघ नेपालको प्रदेश न. ५ स्तरिय वैठकको उदघाटन गर्दै नेता पोख्रेलले स्वार्थको एकता दिर्घकालिन नहुने वताएका हुन ।  

नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको सहकार्य राष्ट्र घातक सहकार्य रहेको वताउदै त्यो सहकार्य लाई जनता अझै नरुचाएको समेत उनले वताए । युवा संघ नेपालको प्रदेश न. ५ का संयोजक मनोहर वुढाथोकीको अध्यक्षता एंव नेकपा एमाले स्थाई कमिटि सदस्य शंकर पोख्रेलको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि पोख्रेलले नेकपा एमाले मुलुक पहिलो पार्टी वनेको अव संघ र प्रदेशको निर्वाचनमा पनि पहिलो पार्टी वन्ने दावी गरेका छन । उनले भने –एमालको जनलहर चलेको छ । राष्ट्रवादी पार्टीका रुपमा नेकपा एमाले उठेको छ । तर यतिले मात्रै नपुग्ने भएकाले नेकपा एमालेको युवा शक्ति अझै पुर्ण रुपमा परिचालित हुने पर्ने उनले वताए । उनले केही समय पछि प्रदेश न. २ को निर्वाचन हुदै छ । त्यहा पनि नेकपा एमाले विजयी हासिल गर्ने छ । उनले दाङ वाट उदघोष गर्दै भने – नेकपा एमाले मुलुक शान र शाख दुवै रहेकाले नेकपा एमाले नै मुलुकको नेतृत्वदायी पार्टी वन्ने छ ।

उनले नेकपा एमाले दाङका अग्रता कायम गरेकाले दाङ नै प्रदेश राजधानी निर्माण नेकपा एमाले लागिरहेको उनले वताए । उनले भने केही प्रचारवाजी होहल्ला एमाले वदनाम व्याहोरकोले त्यो हल्लाको पछि नलाग्न समेत उनले दाङवासीहरु लाई सन्त्वोना दिए ।

त्यस्तै कार्यक्रममा नेता पोख्रेलले युवा नै समृद्धि विकासको आधार रहेकाले मुलुक विकासका लागि युवा नै सक्षम र लगनशिल वौद्धिकवान वन्नु पर्ने वताएका छन । युवा विकासको सुचक रहेकाले युवा लगानीमा मुलुकले पनि केही सोच्नु पर्ने वेला आएको उनले टिप्पणाी गरेका छन ।

कार्यक्रममा युवा संघ नेपालका केन्दिञ्य अध्यक्ष राजिव पहाडीले युवाको हातमा विकास र समृद्धि सम्भव रहेकाले देश विकासका युवाको हातमा दिनु पर्ने उनले वताएका थिए । कार्यक्रममा संघका पुर्व अध्यष एंव पुर्वमन्त्री महेश वस्ने , संघकी उपाध्यक्ष दिल्ल पन्त , नेकपा एमाले दाङका अध्यक्ष टिकाराम खडका , रमेश पाण्डे र चन्द राणा , लगाएतकाले भनाई राखेका थिए । संघका केन्दिय सदस्य तिरण गौतमको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण सविता शर्माले गरेकी थिईन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्