प्रदेश प्रहरी कार्यालय दाङमा



सैघाली खबर
दाङ १४ , भदौ
प्रदेश नम्बर पाँचको प्रदेश प्रहरी कार्यालय दाङको तुलसीपुरमा रहने भएको छ । अञ्चल प्रहरी कार्यालय तुलसीपुरमा प्रदेश प्रदेश कार्यालय रहने भएको छ । 

नेपाल सरकारले प्रदेश कार्यालयमा तुलसीपुरमा एआईजी लाई एआईजी मिङमार लामा बुधबार नै दाङ पठाएको छ । लामा वुधवार साँझ दाङ आईपुगेका छन दाङका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक दुर्गा सिंह चन्दले जानकारी दिएका छन ।

यस अघि केही समय प्रदेश प्रहरीको कार्यालय स्थापनाका लागि घोराही र तुलसीपुरमा उपयुक्त भवन तथा स्थानको खोजी भएको थियो । तर भने अनुसारको नपाईए पछि अन्चल प्रहरीको भवनमा प्रदेश प्रहरीको कार्यालयलाई स्थापना गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्