विचार

देशको राजनीति

By थाहा अनलाइन

April 19, 2019

शाहिदा शाह

बाके । विश्वको विश्लेषण गर्दा यो कुरा प्रष्ट हुन आउछं कि जहां राजनीतिक चासोका साथ साथ चेतना र शिक्षा बढी छ त्यहां विकासको गति हरेक क्षेत्रमा बढ्दो स्तरमा रहेकोछ । राजनीति हरेक देश समुदायका लागि अति आवश्यक नभइ नहुने कुरा हो । यसलाई आधारभूत आवश्यकता भन्दा फरक पर्दैन् ।तर एशियाका केही देश जस्तै: भारत ,पाकिस्तान बंगलादेश र नेपाल लगायतका देशमा राजनीतिलाई आज फरक ढंगले प्रस्तुत गरिदैंछ अर्थात यी देशहरुमा यसलाई केही जमातले शक्ति प्रदर्शनको रुपमा लिदैंछन् ।

जसको प्रर्दशक बढी त्यसलाई नै ठूलो दल भनेर सम्बोधन गरिन्छ यद्यपि उसको मुल्यमान्यता, कार्यशैली आदि सही होस् वा गलत होस् तथापि त्यसलाई शक्तिशाली राजनीतिक दल वा पार्टीको रुपमा लिने गरेको पाईन्छ । समाजमा गरीबी अन्त्य, समान शिक्षा व्यवस्था लागु गराउन, वर्गीय ,जातीय ,समुदायिक, धार्मिक, सांस्कृतिक विभेद अन्त गरी समानता ल्याउन, दासता मुक्त गर्न, सामन्ती शासनबाट छुटकारा पाउन र वंशीय कब्जाबाट छुटाएर जनताका लागि जनताले जनताबाट चुनिएर जनताका लागि सहज वातावरण निमार्ण गर्ने हेतु राजनीतिक विचारधारा बाट राज्य संचालन गर्ने उद्देश्य लिएर यसको थाल्नी गरियो ।

तर समय अन्तराल यसको मुल्यमान्यता र प्रयोग फरक हुदैं गए । खास गरी नेपालमा यसको पृथक पृष्ठभूमि निमार्ण भयो । आज राजनीति केही विशेष समुदाय वा व्यक्तिको पेवा हुन गएछ , उनीहरुको नै वर्जश्व छ । जसले युवाहरुलाई कठपुतली बनाइ आफ्ना अन्दोलनहरु सफल बनाएर आफु व्यक्तिगत फाईदा उठाइरहेकाछन् । राजनीतिलाई बुझेर वा पढेर गर्दा यसले फरक प्रभाव पार्न सक्छ । विश्वका अधिकांश विकसित देशमा राजनीतिमा शिक्षा हासिल गरेकाहरुले पढेर बुझेर अनि मात्र राजनीति गर्छन् ।तर विडंबना हाम्रो देशमा ती व्यक्तिहरु आउछंन् जो नितान्त व्यक्तिगत फाईदा लिने सोच राखेकाछन् , जो ढनाढय र सम्पन्न परिवारबाट छन्, जसका बाबुबाजेले विगतमा राजनीतिलाई ढाल बनाएर शासन गरेकाथिए ,जो शासन गर्ने विचारधाराबाट प्रभावित छन् ।

आज अवस्था यो छ कि हाम्रो देशमा केही यस्ता छन् जसले राजनीतिको “र” पनि पढेका हुदैनन् तिनीहरले दलको उच्चतम पदमा बसी बागडोर सम्हालिरहेका छन् । यहां शिक्षित युवाहरु विदेश पलायन हुदैंछन् किन भने तिनका लागि उपयुक्त ठांउको व्यवस्था छैन् । अहिलेको स्थानीय चुनावमा यस्ता यस्ता व्यक्तिहरु वडा अध्यक्षमा जितेर आएकाछन् जसले आफ्नो नाम शुद्ध लेख्न सक्दैन्न् । तिनले विकास निमार्ण समुदायको आवश्यकतालाई कसरी बुझ्नेहोलान् यो एउटा ठूलो चिन्ताको विषय हो ।

अर्को तिर उपप्रमुखमा अधिकांश महिला जितेर आएकीछन् जो आफ्नो नाम लेख्न र भन्न सकिरहेकीछैनिन् । मात्र नगर प्रमुख, उपप्रमुखको कुरा छैन् विधायक र सांसद पनि केही हद सम्म यस्तै छन् । अब उनले जितेर आएको पदको गरिमा र दायित्वको कुरा गर्ने हो भने उपप्रमुखहरु न्यायिक समितिका प्रमुख हुन् तर न्याय गर्नलाई कस्तो घटना वा मुद्दामा कस्ता कानून लाग्ने भनी थाहै छैन् । विधायक र सांसदको दायित्व , अधिकार र जिम्मेवारी बारे प्रष्ट बुझाइ छैन् । हाल त यो छ कि नेपालबाट दुखद घडीमा संवेदना पठाउनु पर्ने ठांउमा बधाइ पठाईएको छ । यो परिस्थिति यसै कारण सृजना भएको हो किन भने यहां राजनीति क्षेत्रमा शिक्षाको मापदण्ड तोकिएको छैन् ।

यस कारण यदि साच्चिकै देश विकास चाहिने हो भने राजनीतिमा अर्थपुर्ण सहभागिता र समानता आवश्यक छ । राजनीति नै समानता र विकासको मेरुदण्ड हो । जुन देशमा राजनीति स्वतंत्रता र निस्पक्षता छ त्यहां विकास कार्य गतिलाई कसैले छेक्न सक्दैन् । जुन-जुन देशमा सम्बन्धित विषय र क्षेत्रमा शिक्षा र दक्षता हासिल गरेका व्यक्तिद्वारा राजनीति गरिन्छ । त्यहां शिक्षाको स्तर बढ्छ र शिक्षाको स्तर बढे विकासको स्तर पनि बढ्छ । यस कारण अब आउने समयमा केही वर्षपछि पद, स्थान , कार्यभार र जिम्मेवारी अनुसार शिक्षा र योग्यता तोकिनुपर्छ ।

जो पाए त्यसलाई नातावाद र कृपावादका आधारमा पद तथा स्थान एंव जिम्मेवारी दिनु कदापि उचित छैन् । तत्काल राजनीतिमा शैक्षिक योग्यताको मापदण्ड तोक्न त्यति सम्भव छैन् तर आउदां दिनहरुमा निर्धारित समय सीमा (कम्तीमा पांच वर्ष वा तीन वर्ष )पछि राजनीतिक दलले पद , स्थान र जिम्मेवारी सुम्पिदां हरेक पदका लागि न्युनतम शैक्षिक योग्यता र मापदंड राख्नु जरुरी छ । जस्तै : वडा अध्यक्षका लागि कम्तीमा दश कक्षा पास, जिल्ला अध्यक्षका लागि कम्तीमा राजनीति शास्त्रमा बी.ए पास वा सो सरह र केन्द्र अध्यक्षका लागि सके राजनीति शास्त्र एम.ए पास वा सो सरह डिग्री हासिल गरेको हुनुपर्ने मापदंड तोकिनु पर्छ । नेपाललाई विकासको दिशातिर लाने हो भने राजनीति स्वतंत्र र निस्पक्ष हुनु साथ साथै राजनीतिकर्मीहरु शिक्षित हुनु पनि अति नै आवश्यक छ