आजको मौसम कतै घाम कतै हावाहुरी सहित बर्षा !



काठमान्डौ। आज उपत्यका सहित पहाडी क्षेत्रको मौसम बदली भएपनि अरु ठाउँको मौसम भने सफा रहने मौसमविद्ले अनुमान गरेका छन्।

पूर्वमा बनेको न्यूनचापीय रेखा, पश्चिमी वायु, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको मिश्रणले यसपाली मनसुन अघिको अवस्थालाई सक्रिय बनेको र स्थानीय वायुको प्रभावले कतै नजिकै पानी परे पनि नजिकै अर्को ठाउँमा भने घाम लाग्ने सम्भावना रहेको मौसमविद् बताए।

गत वर्षको तुलनामा यो वर्ष मनसुन अघिको अवस्था सक्रिय भएका कारण दिनदिनै हावाहुरी र चट्याङसहित पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सामान्यतया मनसुन अघिको अवस्थामा बिहान सफा भएको मौसम दिउँसोपछि बदली भएर बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्