केन्द्र र प्रदेशसभाको चुनावका लागि आचारसंहिता लागु



सैघाली खबर
काठमाडौं ,१५ भाद्र


प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि आचारसंहितादेखि आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले आजदेखि आचारसंहिता लागु भएको र त्यसको पालना गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ । निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न सम्बन्धित जिल्लाका प्रमुखलाई निर्देशन दिएको छ । मंसिर १० गतेका लागि तय भएको निर्वाचनका लागि निर्वाचन ऐन २०७३ को दफा २२ अनुसार आचारसंहिता लागु गरेको आयोगले जनाएको छ ।

आयोगले सरकार र सरकारका मन्त्री, स्थानिय तह, स्थानिय तहका कर्मचारी, नेपाली सेना, प्रहरी, शसस्त्र प्रहरी, निर्वाभनको कामका संलग्न व्यक्ति, सार्वजनिक पदधारणा गरेको व्यक्तिको हकमा आजदेखि आचारसंहिता लागु भएको जनाएको छ । उम्मेदवारको हकमा भने मनोनयन दर्ता भएको दिनबाट लागु हुने आयोगले जनाएको छ । सरकारले हिजो दुई चरणमा गर्ने निर्णय गरेको छ । पहिलो चरणको मंसिर १० र दोस्रो चरणको निर्वाचन मिति आगामी मंसिर २१ गतेलाई तोकेको छ । निर्वाचन आयोगले आजदेखि मतदाता शिक्षाका लागि पनि टोली खटिने जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्