मुख्य समाचार

तीन हजार ५ सय ७८ मतदान केन्द्र निर्धारण

By थाहा अनलाइन

August 31, 2017

सैघाली खबर काठमाडौं ,१५ भाद्र

निर्वाचन आयोगले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा हुने निर्वाचनका लागि दुई हजार १६६ मतदान स्थलसमेत निर्धारण भएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । प्रदेश नं २ अन्तर्गत सबैभन्दा बढी २० स्थानीय तह सर्लाहीमा कायम गरिएको छ भने सप्तरी, धनुषा र रौतहटमा १८–१८ रहेका छन् । सिरहामा १७, बारा १६, महोत्तरी १५ र पर्सा जिल्लामा १८ वटा स्थानीय तहको संख्या कायम रहेको निर्वाचन आयोगले जनाएको छ ।