मुख्य समाचार

आज पुस्तकालय दिवस मनाइँदै

By थाहा अनलाइन

August 31, 2017

सैघाली खबर काठमाडौं ,१५ भाद्र

समृद्ध नेपालको आधार  पुस्तकालयको विकास’ भन्ने नाराका साथ आज १० औँ पुस्तकालय दिवस मनाइँदैछ । पठन संस्कृति बढाउनका साथै प्रत्येक स्थानीय तहमा पुस्तकालयको स्थापना गराउन प्रवद्र्धन गर्दै सामुदायिक र निजी क्षेत्रका पुस्तकालयले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् । सरकारले उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठको संयोजकत्वमा दिवसका लागि मूल समारोह समिति गठन गरेको छ । आज काठमाडौँको भृकुटीमण्डपस्थित काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय स्थलबाट रसियन कल्चर सेन्टरसम्म प्रभातफेरीसहित मू्ल कार्यक्रम हुनेछ । केदारनाथ झालाई विसं १८६९ तत्कालीन राजा गिर्वाणयुद्धविक्रम शाहले दरबार र अन्य क्षेत्रमा रहेका पुस्तकको संरक्षण गर्न जिम्मेवारी दिएको दिनलाई स्मरण गरी वि.सं. २०६५ भदौ १५ देखि मुलुकमा पुस्तकालय दिवस मनाउन थालिएको हो ।