अन्तर्राष्ट्रिय

एन्फाले आजबाट फुटसल लिग आयोजना गर्दै

By थाहा अनलाइन

August 31, 2017

सैघाली खबर काठमाडौं,१५ भाद्र

अखिल नेपाल फुटबल संघ एन्फाले आजबाट फुटसल लिग आयोजना गर्दैछ । विभिन्न निजी ईभेन्ट मेनेजमेन्ट कम्पनीहरुले एकपछि अर्को गर्दै आ–आफ्नै फुटसल लिग आयोजना गरिरहेको बेला एन्फाले आधिकारिक लिग सुरु गरेको हो । १६ टोली सहभागी हुने फुटसल लिगको पहिलो संस्करण विजेताले ५ लाख नगद पुरस्कार हात पार्नेछ । यही प्रतियोगिताबाट पहिलो पटक नेपालको राष्ट्रिय फुटसल टोली छनोट गरिने एन्फाले जनाएको छ । प्रतियोगिताबाट २५ खेलाडी छनोट गरी बन्द प्रशिक्षणमा राखिनेछ । ती खेलाडीहरुबाट छानिएको अन्तिम टोलीले आगामी अक्टोबर १३ देखि २२ सम्म ईरानमा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।