मुख्य समाचार

बालसंरक्षणमा जनप्रतिनिधिहरुको महत्वपुर्ण भुमिका हुने

By थाहा अनलाइन

August 31, 2017

सैघाली खबर दाङ ,१५ भाद्र

तुलसीपुर उपमहानगरका कार्यकारी अधिकृत टोपेन्द्र केसीले वालअधिकारसंरक्षणका लागि जनप्रतिनिधिहरुको महत्वपुर्ण भुमिका रहने वतएका छन । जनप्रतिनिधिका लागि वालसंरक्षण र वालश्रमाका विषयमा आयोजीत अभिमुखीकरण समापन अवसराम कार्यकारीअधिकृत केसीले त्यस्तोकुरा वताएका हुन् ।

भविष्यको सुन्दरता र समृद्धिका लागि वालवालीकाहरुको सर्वाङगीण विकासका लागि जनप्रतिनिधिहरु वडातहमा निति नै वनाएर वालअधिकार संरक्षणका साथै नगरलाई स्थानिय वालमैत्रि नगरकारुपमा विकास गर्न जनप्रतिनिधिको भुमिका अतुलनिय हुने पनि उनले वताएका थिए ।

तालिममा सहभागि जनप्रतिनिधिहरुले वालसंरक्षण र वालश्रम न्युनिकरणमा कार्यायोजना वनाएरै अगाडि वढने प्रतिवद्धता गरेकाथिए । तुलसीपुर उपमहानगरपालिकाले नगरका सबै जनप्रतिनिधीहरुलाई बाल संरक्षणका सवालमा अभिमुखिकरण गराएको छ । उपमहानगरपालिकाले नगर प्रमुख, उपप्रमुख सहित नगरका एक सय जना जनप्रतिनिधीहरुलाई बाल संरक्षण सम्बन्धी प्रशिक्षण दिएको हो । पहिलो चरणमा नगर कार्यपालिका सदस्य र त्यसपछि वडा सदस्यहरुलाई गरी सबै जनप्रतिनिधीलाई बाल संरक्षणका सवालमा अभिमुखिकरण गराएको कार्यकारी अधिकृत टोपेन्द्र केसीले जानकारीदिए ।

उपमहानगरलाई बालमैत्री बनाउन सबैभन्दा पहिले वडाहरुमा बालमैत्री योजना निमार्ण भइ कायान्वयन गर्नुपर्ने भएकाले जनप्रतिनिधीहरुलाई बाल संरक्षण सम्बन्धी अभिमुखिकरण दिइएको हो । कार्यक्रममा सहभागी जनप्रतिनिधीहरुले आ–आफ्नो वडालाई बालमैत्री बनाउन योजना बनाएर लाग्ने प्रतिबद्धता ब्यक्त गरेका थिए । उपमहानगरपालिकाले सबै भन्दा पहिले बालमैत्री घोषणा गर्ने वडालाई प्रोत्साहनको नीति ल्याएकाले छ । युनिसेफ र तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा नवजागरण महिला तथा बाल संरक्षण केन्द्र न्यु सिपीसीले जनप्रतिनिधीहरुलाई अभिमुखिकरण गराएको हो ।

कार्यक्रममा नगर स्तरिय बाल संरक्षण समितिका संयोजक तथा वडा नं. ६ का अध्यक्ष नवराज लामिाछाने, बालमैत्री जिल्ला सहजकर्ता नानीमैयाँ वली र उपमहानगरपालिकाका सुचना अधिकारी झरेन्द्र खरेलले प्रशिक्षण दिएकाथिए भने कार्यक्रमको सहजीकरण एलजिसिडिपि फोकल प्रसन भिम खत्रिले गरेकाथिए ।