बुटवल । नेपाली कांग्रेसका नेता गगन थापाले व्यक्तिको नाममा गएको ललिता निवासको सरकारी जग्गा फिर्ता ल्याउनुपर्ने बताएका छन् । प्रधानमन्त्री धेरै जग्गा जोगाउन लाग्नुभयो भने बालुवाटार पनि जाने उनको भनाइ छ । कांग्रेस रुपन्देही क्षेत्रं नं. ४ को बुटवलमा भएको सम्मेलनमा थापाले कटाक्ष गर्दे भने, ‘म काठमाडौंको सांसद, तपाईंहरूले यहँँबाट निवार्चित गरेर पठाउनुभएको मेरो साथी सांसद काठमाडौंमा जग्गा किन्दा नराम्रोसँग ठगिनुभएछ ।
नेकपा महासचिव विष्णु पौडेलको नाम नलिई उनले बालुवाटारको जग्गा किन्दा ‘ठगिएका’ रुपन्देहीका सांसदलाई काठमाडौंका जनताले क्षतिपूर्ति दिन नसक्ने बताए । ‘बर्दघाटको जग्गा बेचेर काठमाडौंमा किन्दा उहाँ नराम्रोसँग ठगिनुभएछ, उहाँको दुःखमा अन्यन्त सहानुभूति छ । विचरा नराम्रोसँग ठगिनुभएछ,’ उनले भने,’मलाई खुसी पनि लागेको छ, बालुवाटार किन्दाकिन्दा उहाले पशुपति किन्न भ्याउनुभएनछ ।’थापाले क्षेत्रीय सम्मेलनमा आफ्नाा कुरा राख्न र सांसद ठगिएकोमा सहानुभूति प्रकट गर्न रुपन्देही आएको बताए ।
संविधानमाथि सरकारबाटै खतरा
कांग्रेस सांसद थापाले संविधानमाथि अहिलेको सरकारबाट धेरै खतरा रहेको बताए । ‘संविधानलाई खतरा कोहीबाट छ भने यसै संविधानमार्फत् सपथ खाएको सरकारबाट छ,’ उनले भने, ‘आजका लागि डरलाग्दो विषय नै यही हो । ’‘विप्लव पार्टीको माग के हो , अहिलेसम्म बुझेको छैन, उसले चाहेको के हो रु बुझ्न सकेको छैन । सिके राउतबाट पनि संविधानमाथि खतरा छैन । मन्दिर(मन्दिर घुम्ने पूर्वराजा र पूर्वपञ्चबाट पनि संविधानमाथि खतरा छैन ।’ संविधान असफल भए नेपालले पूरानो नियति भोग्नपर्ने भन्दै कांग्रेसको कर्तव्य संविधान जोगाउनु भएको बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।