निवृत्त राष्ट्रसेवक समाजको अधिबेशन



सैघाली खबर
दाङ ,१५ भाद्र


नेपाल निवृत्त राष्ट्रसेवक समाज शाखा तुलसीपुरको नऔं अधिवेशन भदौ १८गते तुलसीपुरमा हुनेभएको छ । शाखाका अध्यक्ष जयपृथ्वीवहादुर शाह र सचिव निमकान्त ढकालले वुधवार प्रेस विज्ञप्ती प्रकाशित गरि वृद्ध सेवा समिति तुलसीपुर को सभाहलमा भदौ १८गते आईतवार विहान ११वजे हुने शाखाको ९औ अधिवेशनमा उपस्थितका लागि शाखाका आजिवन सदस्य तथा सम्पुण सेवा निवृत्त राष्ट्रसेवक हरुलाई अनुरोध गरेको छ ।

वृद्ध सेवा समिति जेष्ठ नागरीक समाज तुलसीपुरले पनि यहि भाद्र २०गते १२औ अधिवेशनमा उपस्थीत भईदिन आफना सदस्यहरुलाई अनुरोध गरेको छ ।
वृद्ध सेवा समिति जेष्ठ नागरीक समाज तुलसीपुरको सोमवार भएको वैठकले समाजको १२औ अधिवेशन भव्य र सभ्यतरिकाले सम्पन्न गर्न विभिन्न उपसमिति समेत चयन गरेको छ ।

वैठकले झग्गु प्रशाद गौतमको संयोजक्त्वमा आर्थिक व्यवस्थापन उपसमिति,खिमकान्त आचार्यको संयोजक्त्वमा मंचव्यवस्थापन तथा पत्राचार समिति ,वसन्त खडगीको संयोजक्त्वमा जलपान समिति प्रभा भट्टराईको संयोजक्त्वमा व्याज वितरण समिति ,नवराज रजौरेको संयोजक्त्वमा स्मारिका विमोचन समिति, गोपिनाथ योगीको संयोजक्त्वमा निर्वाचन समिति चयनभएको संस्थाका महासचिव गोपाल प्रशाद उपाध्यायले जानकारि दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्