काठमाडौंबाट मनकामना जाँदै गरेको मिनिबस धादिङमा दुर्घटना हुदा दुइ जनाको मृत्यु भएको छ। बा ४ ख १४१५ नम्बरको बस बेनिघाट रोराङ गाउँपालिका-३ स्थित सलाङकोटमा दुर्घटना भएको हो ।
इलाका प्रहरी कार्यालय गजुरीका इन्चार्ज प्रहरी निरीक्षक नवराज ढुंगेलका अनुसार २५ जना घाइते भएका छन् ।
उनीहरुको उद्धार गरी उपचारको लागि काठमाडौं पठाइएको इन्चार्ज ढुंगेलले जानकारी दिए। बस घुम्तिबाट २५ मिटर तल खसेको छ ।थप बिवरण आउन बाकी

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।