कैलाली । जनताको जिउ धनको सुरक्षा लिएर जनताबाट निर्वाचित प्रतिनिधिबाटै बालिकामाथि बलात्कारको प्रयास भएपछि भरोसा कोसँग गर्ने ? कैलालीमा जनप्रतिनिधिले बालिकामाथि बलात्कारको प्रयास गरेको घटनाले सबैलाई चिन्तित बनाएको छ ।
कैलालीको घोडाघोडी नगरपालिका ४ रामपुरमा बालिकामाथि करणीको प्रयास गर्ने वडा सचिव पक्राउ परेका छन् । प्रहरीले नगरपालिकाको वडा नम्बर ४ र ९ मा कार्यरत वडा सचिब यज्ञराज आचार्यलाई करणीको प्रयास गरेको भन्दै पक्राउ गरेको हो।
१२ वर्षिया बालिकालाई करणी गर्ने प्रयास गरेको आरोपमा प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
शुक्रबार राति घरमै बालिका सुतिरहेको अवस्थामा करणीको प्रयास भएको आरोप लागेको छ। पीडितको परिवारले इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएपछि आरोपित सचिवलाई पक्राउ गरिएको हो।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।