पानीका डुवेकी बालिकाको बाटौमै मृत्यु



सैघाली खबर
दाङ,१५ भदौ पानीमा डुबेर तुलसीपुरमा एक वालिकाको मृत्यु भएको छ ।शौचालयको प्रयोगको लागि राखिएको ड्रममा डुबेर बुधवार तुलसीपुर उपमहानगरपालिका वडा न १८ बर्लेनी निवासी ओम बहादुर सुनारकी साढे दुई बर्षीय छोरी बिमला सुनारको मृत्यु भएको हो ।

चर्पीमा राखिएको पानीले भरिएको ड्रममा डुवेको अवस्थामा फेला परेकी विमलालाई स्वास्थ्य संस्थामा उपचारका लागि लिने तयारी भए पनि बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्