‘ए मेरो हजुर २’ को बुकिङ खुल्ला



सेघाली खबर,
काठमाण्डौ १५,भदौ।

बहु(प्रतिक्षित फिल्म ‘ए मेरो हजुर २’ को बुकिङ खुल्ला गरिएको छ । शुक्रबारबाट रिलिज हुन लागेको फिल्मप्रति दर्शकको उत्साहपुर्ण क्रेजलाई मध्यनजर गर्दै मल्टिप्लेक्समा बुधवारबाटै बुकिङ ओपन गरिएको हो ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा सुनीलकुमार थापाले निर्माण गरेको फिल्मको कथा हरिहर अधिकारीले लेखेका हुन् भने फिल्मको पटकथा सामीप्यराज तिमल्सेनाको हो ।

 

फिल्मलाई सन्जय लामाले खिचेका हुन् । बसन्त सापकोटाको संगीत रहेको फिल्ममा बसन्त अधिकारी सहायक निर्देशकको रुपमा रहेका छन्।फिल्मलाई क्युएफएक्स सिनेमाले मात्रै १६ शो दिएको छ । काठमाडौंभित्र फिल्म वितरणको जिम्मा लिएका गोविन्द शाहीले कुराकानी गर्दै भने, ‘‘ए मेरो हजुर २’ काठमाडौं, भत्तपुर, ललितपुरदेखि बनेपासम्मका सबै हलहरुमा प्रदर्शन हुँदैछ । आज दिउँसो १ बजेबाट मल्टिप्लेक्समा फिल्मको बुकिङ खुल्ला गरिएको छ । फिल्मले विग मुभिजमा ७ शो, एफक्यूवमा ८ शो, विएसआरमा ७ शो, क्यूजमा ५ शो र सिटिसीमा ६ शो पाएको छ ।’ उनका अनुसार, बुकिङ आक्रामक भएको खण्डमा फिल्मको शोमा फेरि थपिने छ ।

यस्तै, मोफसल वितरणको जिम्मा लिएका मनोज राठीले ‘ए मेरो हजुर २’ पूर्वदेखि पश्चिमसम्मका सबै हलहरुमा रिलिज हुने जानकारी दिए । प्राप्त जानकारी अनुसार, यो फिल्म काठमाडौं र मोफसल गरि कूल ९० वटा सिनेमा हलहरुमा प्रदर्शन हुनेछ । सोलो प्रदर्शनमा आउन लागेका कारण पनि ‘ए मेरो हजुर २’ ले सर्वाधिक हल पाएको हो ।

खुल्ला गरिएको केहि घण्टामै देखिएको आक्रामक बुकिङले गर्दा फिल्मको ओपनिङ कस्तो हुने भन्ने समेत चर्चा बढेको छ । २ घण्टा ३० मिनेट लामो झरना थापा निर्देशित फिल्मले पहिलो दिन नै ८० लाख ग्रस कलेक्सन गर्ने अनुमान लगाईएको छ । फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बाँनिया, सलोन बस्नेत लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्