गैरदलितले दलित भन्दै विवाह भोज बहिस्कार गरेपछि, बेहुलीका बुवाले वडा अध्यक्षमार्फत दक्षिणा फिर्ता गरे



काठमाडौ – रुपन्देही सुद्वोधन गाउपालीका वडा न.४ बर्मेलीटोलका राम बहादुर बिकले आफ्नो २२ वर्षिया छोरी आरती बिकलाइ नबलपरासी आसामबासी टोलमा यहि बैशाख ५ गते धुमधाम बिवाहा गरिदिएका थिए । गाउँबाट नै परम्परागत मागी बिवाहा गरिदिएका रामबहादुर बिकले छोरीको बिवाहामा सारा गाउँ, टोल र आफन्तहरुलाइ बिवाहाको निम्ता गरेका थिए ।
बर्मेलिटोल ४ वडामा करिब ९० घर धुरी दलित समुदायको र१५० घरधुरी अन्य गैरदलित समुदायको बस्ती रहेको छ । रामबहादुर बिकले छोरीको बिवाहा भोजमा दलित , गैरदलित सबैलाई निमन्त्रणा गरेका थिए । प्राय जसो सबै भोज र नाचगानमा रमाए। वडाका वडा अध्यक्ष राजेन्द्र कडेल सहित स्थानीय प्रशासनका प्रहरीहरु भने भोज खाएर , धक फुकाएर नाचगान र रमाइलो गरे । दलित र गैरदलितको भोज एउटै गराइएको थियोे , क्याटरिङको जिम्मा कृष्ण पंगेनीलाई दिएको थियोे भने डिल्लीराम ढकालले पुजापाठको जिम्मेवारी समालेका थिए ।
नाचगान र भोजको रौनक राम्रै सित तातेको थियोे । तर एउटा भिड भने त्यो भोजबाट निकै तर्सियो २२ जनाको एउटा समुह एकैचोटि आएको थियोे । बेहुलीलाई खाममा नगद पैसा दक्षिणा दिएर भोजतिर हेर्दै नहेरी नाचगानको बहाना त कोहि सुटुक्क बिवाहा घरबाट बाहिरिए । बिवाहा , पाटी जस्तो ठाउँमा घरमा बस्दा लगाउने , लुङ्गी , गाउन र खुट्टामा चप्पल लगाएर खाममा दक्षिणा दिएर मात्र भोज नखाइ एउटा समुह नै हिडे पछि भोजमा सरिक केही ब्यक्तिहरुले उनिहरुको व्यबहार नियालेका थिए ।
बिवाहा भोजलाइ बहिस्कार गर्नेमा हाडबजार टोल आमा समुहकि अध्यक्ष रसमाया थापा , नेपाली काग्रेस तरुण दलका नेता आशिष् केसि , टोल बिकास समितिका उपाध्यक्ष बालकृष्ण गैरे र केही स्थानीय रहेका छन् । सामुहिक भोजमा यसरी एउटा समूह नै आएर सुनियोजित तरिकाले भोज बहिष्कार गरेको र दलित भन्दै अपमान गरेको भन्दै दलित अगुवाहरुले आपत्ति जनाएका छन् । स्वयंम बेहुलीका बुवा रामबहादुर बिकले आफू दलित भएकै कारण उनिहरुले जान बुझेर नै हाम्रो परिवारको बिवाहा भोजमा सरिक नभएर बहिष्कार गरेका हुन र बिवाहा पाटी जस्तो ठाउँमा घरमै घासदाउरा गर्ने कपडा लगाइ हाम्रो समुदायको खिल्ली उडाएको र उक्त ब्यबहारले आफू मात्र नभई सिङ्गो समुदाय माथिको अपमान र आत्मसंम्मानमा चोट लागेको भनी स्थानीय दलित अधिकारकर्मी सहितको छलफलले दलितको भोज छोइन्छ भनी नखाएर बहिस्कार गर्ने अनि दक्षिण दिने ?
यो दक्षिणा फिर्ता गर्नु पर्छ भनी बैशाख ८ गते बिश्वकर्मा समाज रुपन्देही – अध्यक्ष तथा दलित बिकास समिति रुपन्देहीका पुर्ब उपाध्यक्ष पदम बिक ,बिश्वकर्मा समाज टोल बिकाश अध्यक्ष प्रेम रोका ,बर्मेली आमा समूह अध्यक्ष प्रेमा सुनार ,दुर्गा मन्दिर समिति अध्यक्ष अमर बहादुर थापा र बेहुलीका बुवा राम बहादुर बिकले भोज बहिस्कार गर्ने अनि दक्षिणा दिने गैरदलितहरुले दिएको दक्षिणा स्वरुपको रकम वडा अध्यक्ष राजेन्द्र कडेललाई वडा कार्यलयमा भेटी उक्त रकम फिर्ता गरेका छन् । पनि केही जमात भने उक्त भोजमा सरिक हुन चाहेनन् ।
बेहुलीका बुवा राम बहादुर बिक र आमा सुमित्रा बिकले वडा अध्यक्षलाई एउटा निबेदन समेत पेश गरेका छन् । आफुहरुले छोरीको बिवाहाको लागि चन्दा मागेजस्तो व्यबहार केही ब्यक्तिहरुबाट भएको र पैसा दिनि तर भोज अस्विकार गर्ने र समाजका प्रतिष्ठित ब्यक्तिहरुले नै अप्रत्यक्ष रूपमा जातीय बिभेद र अपमान गरेको महसुस भएको हुँदा उक्त दक्षिणा आफुहरुले स्वीकार गर्न नसकेको र जो जोले भोजमा सरिक हुनुभएन उहाँहरुको रकम फिर्ता दिन अनुरोध गरेका छन् । के भन्छन् त वडा अध्यक्ष राजेन्द्र कडेल ? अहिलेको अबस्थामा पनि यस्ता खालका जातीय विभेद र अपमान झल्किने व्यबहार हुनु एकदम गलत हो । बेहुलीका बुवा लगाएत दलित अधिकारकर्मीहरु आएर भोजमा सरिक नहुनी तर दक्षिणा दिनि २२जनाको रकम जम्मा ६,३५०रुपैया फिर्ता दिएका छन् l
अब दुई पक्ष बोलाएर छलफल गराउने छु । यदि जातीय बिभेद नै गरेको हो भने कानुनी प्रक्रियामा समेत जाने जसका लागि वोकिल र बुद्धिजीवीहरुको परामर्श र सहयोग लिने छु । जातीय बिभेद गर्नु अपराध हो र कानुनी रूपमा सजाय जो कोहिले पाउनु पर्छ, नियतबस नै यस्तो गरेको हो या संयोग हो यो छलफलबाट टुंगो लगाउने बताएका छन् । देशै भरी जातीय बिभेदका घटनाहरु दिनानुदिन घटिरहेका छन् । पछिल्लो समयमा भने पीडित दलित समुदायहरु आफुहरु माथी भएको जातीय बिभेद विरुद्ध आवज उठाएका छन् । यो पहिलो नै घटना हो जुन गैरदलितले भोज बहिष्कार गरे पछि दलितले दक्षिणी फिर्ता गरेको ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्