रोल्पामा भाइरल ज्वरोका बिरामी बढे



सैघाली खबर,
रोल्पा, १५ भदौ–। रोल्पामा भाइरल ज्वरोका बिरामी बढेपछि अस्पतालहरुमा बिरामीको भिड लागेको छ । दुषित पानीका कारण बिरामी पर्ने समय भएकाले सावधानी नअपनाउँदा बिरामीको संख्या बढेको हो ।

बाढी पहिरोका कारण खानेपानी फोहोर हुने र गाउँमा स्थानीयले शुद्धिकरण नगरी पानी पिउने गरेकाले भाइरल ज्वरोका बिरामी बढेका हुन ।
साउन भदौको महिनामा पानीको प्रकोपबाट भाइरसहरु अरु समयमा भन्दा बढी सक्रिय हुने भएकाले पनि बिरामी बढेको जिल्ला अस्पताल रोल्पाका मेडिकल अधिकृत डा। तेजेन्द्र साउदले बताउनुभयो ।

जिल्ला अस्पताल रोल्पामा केही दिन यता दैनिक डेढ सयको संख्यामा बिरामी आउने गरेकोमा ६० देखि ७० जना भाइरलका बिरामी भेटिएका छन् । भर्खरै सकिएको तीज पर्वमा धेरैको संख्यामा महिलाहरु एकै ठाउँमा जम्मा हुने गरेकाले पनि महिला र बालबालिकाहरुमा भाइरलको संक्रमण देखिएको डाक्टरहरुले बताएका छन् ।

यसैबिच भाइरल ज्वरोका बिरामी बढेका बेला जिल्लाका स्वास्थ्य चौकीहरुमा पनि औषधिको अभाव हुन थालेको छ । सम्बन्धित निकायले औषधि पठाउनमा कसैले चासो नगर्दा स्वास्थ्य चौकीहरुमा औषधिको अभाव भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्