आज देशका केही भागमा हावा हुरीसहित पानी पर्ने !



काठमान्डौ। उपत्यका लगाएत देशै भरिको मौसम केहि दिन यता पूर्णतया बदली रहेको छ । आज पनि देशका केही भागमा हावा हुरीसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले मौसम केही खुल्ने र फेरी दिउँसोबाट फेरि बदली भई बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

मौसमविद्का अनुसार अहिले बदली भएको ठाउँको मौसम केहीबेरमा खुल्नेछ । तर दिउँसोपछि फेरि बदली भई बेलुकीतिर मेघगर्जन र हुरीबताससहित पानी पर्ने अनुमान रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्