काठमाण्डौ – सुनको भाउ सोमबार तोलामा ५ सय रुपैयाँ बढेको छ । सुन सोमबार तोलाको ५९ हजार ६ सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार तोलाको ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार तोलामा ५ सय रुपैयाँ बढेको हो । चाँदी पनि सोमबार तोलामा ५ रुपैयाँ बढेर ७ सय ३० रुपैयाँमा कारोबार भैरहेको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।