अन्तत: एनसेल पुग्यो सर्वोच्च अदालत



काठमान्डौ। असन्तुष्टि व्यक्त गर्दै निवेदन लिएर एनसेल सर्वाेच्च अदालत पुगेकाे छ। सरकारले गरेको कर निर्धारणमा चित्त नबुझेको भन्दै  एनसेल सर्वोच्च अदालतमा पुगेको हाे।

ठूला करदाता कार्यालयले निर्धारण गरेको कर नमिलेको भन्दै एनसेल सर्वोच्च पुगेको हो । एनसेलका तर्फबाट रमेश घिमिरेको वारेसमा प्रशन्न श्रेष्ठ सर्वोच्च पुगेका छन् भने सर्वोच्च अदालतका सूचना अधिकारी नगेन्द्र कालाखेतीले आजै सो रिट दर्ता हुने बताए । गत साता ठूला करदाता कार्यालयले कर निर्धारण गरेको थियो । ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार ५ सय ६६ रुपैयाँ ७१ पैसा कर निर्धारण गरेको थियो ।

एक हप्ताभित्र सो कर बुझाउन एनसेललाई पत्राचार गरिएको थियो । हालसम्म एनसेलले २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार ७ सय ७१ रुपैयाँ कर बुझाइसकेको छ । टेलिया सोनेराले एक्जयटालाई ८० प्रतिशत सेयर बिक्रि गरेको थियो । यसमा कर तिर्न नपर्ने एनसेलको दाबी थियो । यसपछि मुद्दा अदालत पुगेको जनाइएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्