आज मेघ गर्जन हावाहुरीसहित वर्षा हुने, सचेत रहन आग्रह



काठमान्डौ। आज उपत्यकासहित देशैभरको मौसममा आंशिक परिवर्तन हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा पश्चिमबाट पूर्वतिर सर्दै गएकाले आंशिकदेखि सामान्य बदली हुने भएकाले पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरी बतास सहित हल्का वर्षा एवं तराईमा चट्याङ सहित असिनापानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै तराईका जिल्लामा पानी, चट्याङ एवं हावाहुरी तथा पूर्व-पश्चिमका पहाडी जिल्लातिर उच्च पानी पर्ने सम्भावना रहेको छ । उपत्यकाको मौसम पनि दिनभरि नै बदली रहनेछ भने मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्