सनराईजको अभिभावक भेला सम्पन्न



 

सैघाली खबर

दाङ,१५ भदौ । सनराईज एकेडेमी घोराही उपमहानगरपालिका १२ को अभिभावक भेला आज सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दोर्ण बहकरीको अध्यक्षता एव जेष्ठ अभिभावक कुलराज घिमीरेको प्रमुख आतिथ्यमा भएको भेलाले घनश्थाम डाँगीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभाजवक संघ गठन गरेको छ । भेलाले विद्यार्थीहरुको खाजा खर्च कटाएर बचत भएको १ हजार ४ सय ४५ रुपैया सहित विद्यालयको तर्फबाट गरि २५ हजार रुपैया बाढिपिडीतहरुलाई राहत स्वरुप प्रदान गर्ने निर्णय गरेको छ । कार्यक्रमको सहजिकरण विद्यालयका प्रिन्सीपल टिकाराम केसीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्