देशैभरका अपाङगता अधिकारकर्मिहरुले एकै साथ ज्ञापन पत्र बुझाउने



सैघाली खबर
दाङ, १५ भाद्र
अपाङ्गता भएका व्यक्तिहरुको क्षेत्रमा काम गर्ने गैर सरकारी संथाहरुको छाता संस्था राष्ट्रिय अपाङ्ग महासंघ नेपालले आफ्नो २५औं स्थापना दिवसको अवसरमा देश भरका स्थानिय सरकार तथा राष्ट्रिय सरकार समक्ष एक दिन एकै समय पैरवी गदै जनप्रतिनिधि समक्ष नीति तथा कार्यक्रममा अपाङ्गताको सवाल समावेश गर्न ज्ञापन पत्र बुझाएको छ ।

यसै सन्दर्भमा दाङमा पनि घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगर पालिकाका प्रमुख समक्ष ज्ञापन पत्र बुझाउदै नीति तथा कार्यक्रममा अपाङ्गताका सवालहरु समावेश गर्न पैरवी गरेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालक जिल्ला कार्यसमितिले घोराहीमा र तुलसीपुरमा सदस्य संस्थाहरुले ज्ञापन पत्र बुझाएको दाङ जिल्लाका अध्यक्ष शिव घर्ती मगरले जानकारी दिनुभयो ।

ज्ञापनमा नगरबासीबाट लिने सम्पुर्ण कर र सिफारिसमा अपाङ्गता भएका व्यक्तिहरुलाई शतप्रतिशत छुट गर्नुपर्ने, उपमहानगरपालिका क्षेत्र भित्र बन्ने तथा निर्माण गरिने भौतिक संरचनाहरु अपाङ्गता पहँुचयुक्त बनाउनु पर्ने, योजना तथा नीति निर्माण तहमा अपाङ्गता भएका व्यक्तिहरुको प्रतिनिधित्व तथा सुझाव लिनुपर्ने, आयआर्जन र स्वरोजगारका कार्यक्रमहरुमा प्रयाप्त बजेट विनियोजन गर्नुपर्ने, सवारी साधनहरुमा सित तथा आरक्षण तथा भाडामा छुट प्रभावकारी कार्यान्वयन गर्न पहल गर्नुपर्ने, अपाङ्गता भएका व्यक्तिहरुलाई आवस्यक पर्ने सहायक सामाग्रीहरु ह्वीलचियर, बैशाखी, सेतो छडी तथा श्रवणयन्त्र जस्ता सामाग्रीहरुको सहज उपल्ध गराउनुपर्ने माग राखिएको छ ।

ज्ञापनपत्र बुझदै उपमहानगर प्रमुख नरुलाल चौधरीले आफ्नो क्षेत्र अधिकार भित्र पर्ने अपाङ्गता भएका व्यक्तिहरुको जिवनयोगी बनाउन, सशक्तिकरण गर्न र अपाङ्गता मैत्री कार्यक्रम निर्माण गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । साथै अपाङ्गताको नाममा साङ्गहरुले उक्त सेवा पाईरहेकोले अपाङ्गता क्षेत्रमा काम गर्ने सरोकारवालाहरुले यो कार्यलाई रोक्न सहयोग गर्नुपर्ने बताउनुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्