प्रदेश नं. ५ को एआईजी कार्यालय दाङमा




दिपक बोहरा

दाङ, भदौ १६ ।दाङको तुलसीपुरमा प्रदेश नं. ५ को एआईजी कार्यालय स्थापना गरिएको छ ।
प्रदेश नं. ५ को प्रदेश प्रहरी कार्यालय स्थापना भएको छ । राप्ती अञ्चल प्रहरी कार्यालय रहदै आएको भवनलाई प्रदेश प्रहरी प्रमुख एआईजीको कार्यालयका रुपमा स्थापना गरिएको हो ।सरकारले पहिलो पटक प्रदेश प्रहरी प्रमुखको रुपमा एआईजी मिङमार लामालाई खटाएको छ । लामा बुधवार नै दाङ तुलसीपुर कार्यालयमा आइ पुग्नु भएको हो ।प्रदेश प्रहरी प्रमुख मिङमार लामाले बिहिबार पत्रकार सम्मेलन गरी प्रदेश नं. ५ को शान्तिशुरसका कायम गर्न आफु दत्तचित्त भएर लाग्ने बताउनुभयो ।

भ्रष्टाचार मुक्त प्रहरी संगठन र गुण्डारहित समाज निर्माण गर्ने आफ्नो पहिलो काम भएको उहाले वताउनुभयोएआईजीकार्यालयको भौतिक पुर्वाधार नभएको हालको अवस्थामा तुलसीपुर स्थीत कृषिविकास वैंकको पुरानो भवनमा संघिय प्रहरी मुख्यालय स्थापना गर्ने सोंचमा रहेको समेत वताउनुभयो ।यस अघि नै प्रदेश स्तरिय उच्च अदालत दाङको तुलसीपुरमा स्थापन भईसकेको अबस्थामा प्रदेश प्रहरी पनि तुलसीपुरमै स्थापन भएपछि प्रदेशको राजधानी पनि यहि बन्ने आशमा दंगालीबासीहरु छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्