जनक नेपाली
घोराही उपमहानगरपालिका– ५, धर्नाका कृष्ण गिरी बुधवार बिहान आफ्नै जुत्ता पसलमा भेटिए । अखबारमा छापिएको आफ्नो फोटोलाई नियाल्दै थिए । उनका वरपर भएका केही व्यक्तिले भन्दै थिए आज त हजुरको फोटो छापिएको रैछ । युगबोध (दाङको स्थानीय दैनिक पत्रिका) मा गिरीले भने युगबोधमा मात्र हैन कान्तिपुरले पनि छाप्यो समाचार त ! त्यत्तिकैमा गिरीले भने जन–आन्दोलनमा घाईते भए कहिले कसो न्युज आउँछ पत्रकार साथीले साथ दिनु भाछ अन्य वरपरका साथीलाई जवाफ दिए ।
आन्दोलनको स्मरण गर्दै उनले भने तत्कालीन शाही सरकारले नगर निर्वाचन गराउँदै थियो । हामी सात राजनीतिक दल निर्वाचन बिथोल्ने तयारीमा थियौ । दाङको घोराहीमा दिउँसो करिब एक बजे निर्वाचन बिरोधी नारा लगाउँदै बजारमा एक हुल हिँडिरहेको थियो । हामीसबै जना सहिद गेट नजिक उभिएका थिए । माथीबाट एकाएक सेनाको गाडी आयो । गाडीबाट ठोक भन्ने आवाज आयो । त्यसपछि परररर् गोली चल्यो ।गिरीका साथी उमेश थापा ढले । थापासंगै गिरी पनि गोली लागेर ढले ।
तेस्रो गोलीले खुट्टा टुक्राटुत्रा पारेपछि उनी पनि ढले । केहीबेरपछि फेरि सेनाको गाडी फर्केर आयो गरीले भने सैनिकले गोली चलेको ठाउँमा यताउति हेरे । ढलिरहेका मान्छेलाई उचालेर जोडले गाडीमा फाले गिरीले त्यो दिन सम्झे, मलाई पनि उचाल्न थाले, मैले म जीवित छु, बिस्तारै राख्नुहोला भनें । मलाई बिस्तारै राखे । अस्पतालमा पुगेपछि उनले थाहा पाए– सँगै रहेका तत्कालीन एमाले नेता उमेशचन्द्र थापाको मृत्यु भइसकेको रहेछ । थापा जनआन्दोलनको प्रथम पनि सहिद भए ।
आन्दोनका क्रममा गिरी सहित १४ जनालाई गोली लाग्यो । त्यसमध्ये धेरै नै गोली लागेको र गम्भीर अवस्थामा रहेको म मात्रै रहेछु । तत्काल सेनाको ब्यारेकमा लगेर हेलिकप्टरबाट नेपालगन्ज लगियो,। उनले भने, ‘त्यहाँ छोडेर सेना गयो । उनको परिवारले हड्डीको डाक्टरसम्म पुर्र्याए तर त्यहाँ उपचार नहुने भयो गिरीले थपे । डाक्टरले काठमाडौं रिफर गरिदिएपछि शिक्षण अस्पतालमा उपचार गर्न जाने योजनामा जहाज चढेँ । काठमाडौं विमानस्थल पुग्नेबित्तिकै सेना आएर फेरि सैनिक अस्पताल गिरीले भने ।
सरकारले उपचार गर्छ भन्दै लगे पनि जनआन्दोलन सफल नहुँदासम्म केही उपचार गरिएन । ‘खाली दुखाइ कम गर्ने औषधि मात्रै दिने गरियो । पछि थाहा भयो, मलाई त सुरक्षाकर्मी निगरानीमा राखिएको रहेछ, उनले भने, ‘जनआन्दोलन सफल भएपछि मात्रै सैनिक अस्पतालबाट वैशाख २६ मा कागज गराएर डिस्चार्ज गरियो । उनले भनेत्यतिबेलासम्म गिरीको कुनै पनि अप्रेसन भएको थिएन । शिक्षण अस्पताल पुगेपछि डा.गोविन्द केसीले उनको उपचार गरे । ‘अप्रेसन, उपचार केही नगरी आतंककारीका रूपमा सुरक्षाकर्मीको निगरानीमा राखिएको रहेछ, गिरीले भने, ‘हामीलाई सुरक्षाकर्मी माथि गोली चलाएको आरोप लगाए उनले भने । गोली लागेको तीन महिनापछि मात्रै मेरो उपचार सुरु भयो ।
गोली लागेर खुट्टाको हड्डी ६ टुक्रा भएको थियो ।दुवै खुट्टा र करङ भाँचिएको थियो । दायाँ खुट्टाको अप्रेसन गरी झाँचिएका टुक्रा जोडियो तर बायाँ खुट्टामा गोलीका टुत्रा अझै छन भनले भयो । कम्मरका हड्डी काटेर खुट्टा जोडिएको थियो । ‘गोलीका टुक्रा फुटेर धेरै ठाउँमा छरिएका छन । निकाल्न धेरै प्रयास गरें तर भएन, उनले भने, ‘अहिले पनि गोलीका टुक्रा बोकेरै बाँचेको छु । जाडोमा बढी दुख्छ, गर्मीमा पनि सास्ती हुन्छ । उनले भने
अस्पताल बस्दासम्म सरकारले दिनको २ सय ५० रुपैयाँ खर्च दिन्थ्यो । जाँदा र आउँदाको खर्च सबै आफैं बेहोर्नुपथ्र्याे । उनी माघदेखि असारसम्म लगातार अस्पतालमै बसे । अढाई वर्षसम्म अस्पतालको निगरानीमा रहे । त्यसबेला कांग्रेस क्षेत्रीय कमिटी सदस्य रहेका गिरी एकपटक जिल्ला सदस्य भए । त्यसपछि कुनै पनि पदमा बसेनन । ६९ वर्षीय गिरी अहिले घोराहीमा जुत्ता पसल चलाएर बसिरहेका छन । जनआन्दोलनका घाइतेलाई राज्य, पार्टी र नेताले बिर्सिएको उनको गुनासो छ । ‘आन्दोलन सफल भइसकेपछि नेताले बिर्से, उनले भने, ‘आन्दोलन सकियो, हाम्रो काम पनि सकियो । काम सकेपछि दुःख बिर्सने हाम्रो चलन नै छ । राज्यले झन के सम्झनु ? एकपटक राहतस्वरूप २५ हजार रुपैयाँ दिए बाहेक उनले कुनै पनि सेवा–सुविधा पाएका छैनन उनले गुनासो गरे ।
कतिपय साथीले मासिक निर्वाह भत्ता पाइरहेका छन । कतिले नक्कली पीडित बनेर सुविधा लिइरहेका छन । गिरीले प्रशासन, शान्ति मन्त्रालयमा पनि पुगेर निवेदन दिएँ, तर कसैले सुनुवाइ गरेन, उनले भने, ‘जिल्लामा जनआन्दोलनका घाइते, अपांगको अवस्थाबारे अध्ययन गर्न एउटा समिति बन्यो, त्यसले रिपोर्ट पनि दियो । देशमा परिवर्तनको अपेक्षासहित जनआन्दोलनमा होमिएको स्मरण गर्दै उनी अहिलेको अवस्थाप्रति असन्तुष्ट छन । ‘राजनीतिमा अहिले निष्ठा र इमानदारी हराएको छ । कार्यकर्ताको योगदान हेर्ने चलन छैन, उनले भने । त्यसकारण राजनीतिमा सक्रिय हुन कठिन भयो । आफ्नो व्यवसाय गरेर बसिरहेको छु । जनआन्दोलनपछि जनतामा देशको राजनीति सुध्रने र जनजीवनमा परिवर्तन आउने ठूलो आशा भए पनि अहिले त्यस्तो हुन नसकेको उनको बुझाइ छ । नेताले दलगत स्वार्थभन्दा माथि उठेर देशको स्वार्थका लागि काम गरे हुन्थ्यो भन्ने उनको चाहना छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।