समाचार

महिला बालबालिका तथा समाज कल्याण मन्त्रीको प्रेस संयोजकमा शुसिला केसी (आस्था)

By थाहा अनलाइन

September 01, 2017

सैघाली खबर दाङ,१६ भदौ ।महिला बालबालिका तथा समाज कल्याण मन्त्री माननीय आशा खनाल कोइरालाको प्रेस संयोजकमा सुशिला केसि आस्था नियुक्ति हुनु भएको छ । प्रेस सेन्टरका केन्द्रिय सचिव एवं थाहा खबर अनलाईनका सह संम्पादक समेत रहनु भएका केसीलाई मन्त्री कोईरालाले प्रेस संयोजकमा नियुक्त गर्नु भएको हो । २०६४ देखि निरन्तर पत्रकारिता गर्दै आउनु भएकी केसी  रेडियो गणतन्त्रको स्टेशन म्यानेजर, तत्कालिन क्रान्तिकारी पत्रकार संघको संस्थापक रहदै निरन्तर रुपमा कामगर्दै आउनु भएको छ । गढवा गाउँपालिका ३ निवासी केसी हाल काठमाण्डौमा रहेको थाहा खबर अनलाईनमा राजनितिक बिटका साथै राजनितिक, सामाजिक र लैङ्गिक बिषयमा कलम चलाउने केसिले साहित्यमा पनि रुचि राख्नुहुन्छ। केसीले थुप्रै कथा कविताहरु समेत रचना गर्नु भएको छ केसी राजनिति शास्त्र बाट स्नातक उत्तिर्ण गर्नु भएको छ ।