नियमित हवाई उडानको मागगर्दै मेयरको टोली डेलिगेशनमा




सैघाली खबर
दाङ,१६ भदौ ।
निरन्तर अवरुद्ध दाङको एयरपोर्ट सञ्चालनका लागि तुलसीपुर उपमहानगरपालिकाले पहल शुरुगरेको छ । निर्वाचनका वेला चुनावि नारा नै वनेको तुलसीपुर स्थित टरिगाउँ एयरपोर्ट सञ्चालनका लागि उपमहानगरका जनप्रतिनिधि मण्डल काठमाण्डौ डेलिगेशनमा गएको कार्यपालिका सदस्य अमर नेपाली माईकलले जानकारी दिनुभयो । तुलसिपुर उपमहानरपालिकाका मेयर घनश्याम पाण्डेको नेत्रित्वमा उक्त टोली काठमाण्डौमा डेलिगेशनमा गएको हो । उक्त टोलीमा कार्यपालिका सदस्य श्याम डाँगी,अमर नेपाली, माईकल , कुमार लामिछाने,घनश्याम ढकाल,नवराज लामिछाने सहभागि हुन भएको छ ।

डेलिगेशन टोलिले राजधानीमा राष्ट्रपति , प्रधानमन्त्रि , पर्यटन तथा नागरीक उडयन मन्त्री लगाएत विभिन्न दलका शिर्ष नेताहरु संग भेट गरी टरिगाउँ एयरपोर्टमा नियमीत उडान र स्तरवृद्धिका वारेमा माग गर्ने जनाईएको छ । श्रोतका अनुसार जस्तो सुकै चुनौती मोलेर भएपनि नियमित उडानका पक्षमा तुलसीपुर उपमहानगर रहेको वताईएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्