सचेतक शान्ता चौधरीद्वारा दाङको विकासको लागी प्रधानमन्त्री ओली समक्ष ध्यानाकर्षण



काठमाडौ । नेकपा संंघिय संसंदीय दलकी सचेतक शान्ता चौधरीले प्रधानमन्त्री केपी शर्मा वलीलाई भेटेर दाङको विकासको लागि ध्यानाकर्षण गराउनुभएको छ ।

दाङको समग्र विकासको लागि आगामी आर्थिक वर्षमा विशेष बजेट विनियोजन गर्न सचेत चौधरीले प्रधानमन्त्री वलीलाई आग्रह गर्नुभएको थियो । त्यसैगरी आगामी नीति कार्यक्रममा आफुहरुले प्रस्तुत गरेको कार्यक्रम अनुसार नीति कार्यक्रम ल्याउन सुझाव दिनुभएको थियो ।

नेकपाकि केन्द्रीय सदस्य एवं प्रभावशाली नेतृ समेत रहनुभएको चौधरीले प्रदेश नं। ५ को राजधानी विषयमा पनि प्रधानमन्त्री केपी शर्मा वलीसंग कुराकानी गर्नुभएको सचेतक चौधरीको स्वकीय सचिव सन्तोष दहितले जानकारी दिनुभयो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा वलीले दाङको विकासको लागि आफु सदैब लागिपरेको वताउनुभएकोथियो । दाङको विकासको लागि संघीय सरकारले गर्नुपर्ने सबैखाले सहयोग गर्छ त्यसमा दाङबासीलाइ दुविधा नरहन प्रधानमन्त्री वलीले आग्रह गर्नुभएकोथियो ।

यसैगरी प्रदेश राजधानीको विषयमा प्रधानमन्त्री वलीले ढिलाचाँडो प्रदेश पाँचको राजधानी सबैको पायक पर्ने ठाउँ हुने बताउनुभएकोथियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्