ब्राजीलका सबैभन्दा धनी र शक्तिशाली मानिसहरू मध्येका एक Chiquinho Scarpa ले आफ्नो दशलाख डलर (करीब १२ करोड) पर्ने बेंट्ले कारलाई खाल्टा खनेर गाड्ने घोषणा गरेर सनसनी मच्चाए।
उनले भने – म आफ्नो बहुमूल्य र प्यारो कारलाई यसकारणले गाड्दै छु कि मृत्यु पछि पनि म यसमा घुम्न सकु।
उनको यस घोषणालाई त्यहाँको मिडियाहरूले खुब आलोचना गरे। ब्राजीलमा यस खबरलाई असाध्यै नकारात्मक रूपमा लिइयो। उनलाई धेरै मानिसहरू र मिडियाहरूले पागलको दर्जा दिए।
मानिसहरूको राय थियो – यति बहुमूल्य र महंगो कार गाड्नु पैसाको बर्बादी बाहेक अरू केही होइन। यी व्यापारी कस्ता व्यक्ति हुन्? कारलाई गाड्नुको साटो उनले आफ्नो कार दान पनि त गर्न सक्छन्?
तर, उनले मिडिया र आम मानिसहरूको भनाईलाई ध्यान दिएनन् र आफ्नो फैसलामा अडिग रहे।
कारलाई गाड्न तोकिएको दिन धेरै भिड जम्मा भयो। जब उनले आफ्नो बेंटले कारलाई अन्त्येष्टि गर्नु अघि अर्कै घोषणा गरे, कथाले अर्कै मोड लियो।
उनले भने – म मेरो यो प्यारो कारलाई गाड्न गईरहेको छैन। मैले मानिसहरूको ध्यान अङ्ग दानतर्फ मोड्न र मानिसहरूमा अङ्ग दानप्रति जागरूकता पैदा गर्नका लागि मात्र नाटक गरेको हुँ।
उनले आफ्नो भाषणमा भने अगाडि भने – जब म आफ्नो बहुमूल्य कारलाई गाड्न गईरहेको थिए, मानिसहरूले मेरो खुब आलोचना गरे। तर उनीहरूले बिर्सिए कि मेरो कारभन्दा धेरै बहुमूल्य हाम्रा अङ्गहरू जस्तै मुटु, लिभर, फोक्सो, आँखा, मृगौलालाई हामी दिनहुँ गाडिरहेका छौं। जुन एकदमै गलत छ।
उनले अगाडि भने – धैरै मानिसहरू अङ्ग प्रत्यारोपणको लागि प्रतिक्षारत छन्। हामी सबैले अङ्ग दान गर्न सकेमा उनीहरूको जीवन बच्न सक्छ। मैले त अङ्ग दानको प्रण गरि सके। अब तपाईहरूले पनि प्रण गर्नु होस्।
हामी सबैले आफ्नो अङ्गहरू दान गर्न सके हाम्रो अङ्गहरूले हाम्रो जीवनमा र हाम्रो जीवन पछि पनि काम गर्न सक्छ र मानिसहरूको जीवन बचाउनमा काम लाग्दछ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।