काठमाडौंको खुलामञ्च अतिक्रमणको विरोधमा आन्दोलन



काठमाडौ।
काठमाडौंको खुलामञ्च अतिक्रमणको विरोधमा आन्दोलन शुरु भएको छ । काठमाडौं महानगरपालिकाको ‘मिलेमतो’मा खुलामञ्च अतिक्रमण गरिएपछि त्यसको विरोधमा स्थानीयबासी र सम्पदाप्रेमीहरुले आन्दोलन शुरु गरेका हुन ।

आज बिहीबार बिहान खुलामञ्चमै उपस्थित भएर विरोध प्रर्दशनमा उत्रिएका उनीहरुले त्यहाँ बनाएका सटरहरु पनि बन्द गराएका थिए । खुलामञ्च खुला गर्न काठमाडौं महानगरपालिकासँग माग गर्दै उनीहरुले आफूहरुको माग तत्काल सम्बोधन नभए महानगरपालिकाविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

खुलामञ्च अतिक्रमण हुँदा पनि काठमाडौं महानगरपालिकाले वास्ता नगरेपछि त्यसको विरोधमा स्थानीय आफैं आन्दोलनमा आउनु परेको असनका योगेशकुमार खड्गीले बताए ।

उनले जनताबाट निर्वाचित निकाय काठमाडौं महानगरपालिकाले समेत कमिशनमा खुला मञ्च अतिक्रमणमा सघाउ पु¥याएपछि स्थानीय जनता त्यसको विरोधमा स्वःस्तफूर्त सहभागी भएको बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्