शान्तिनगरका बाढी पिडीतलाइ राहत रकम



सैघाली खबर
दाङ,१६ भदौ।
जिल्ला प्रशासन कार्यलय दाङले पशिम शान्तिनगरको चिराघाटमा एक कार्यक्रमको आयोजना गरी बाढी पिडीत परीवारलाइ राहत रकम हस्ताण्तरण गरेको छ,।शान्तिनगर गाउपालीकामा बाढीमा परी प्रभाबित भएका करीव २९ परीवारका १ सय ४१ जनालाई प्रतिब्यक्ति खाना खर्च दुइ हजार एक सय र मर्मतसम्भार प्रतीपरीवार दश हजार गरी ५ लाख ८६ हजार रकम प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले हस्ताणतरण गर्नु भएको हो।

साउनको अन्तिम साता बाट शुरु भएको बर्षका कारण आएको बाढी पहिरोले जिल्लामा ८ जनाको मृत्यु, करीब २ सय घरमा पुर्ण क्षती पुगेको थियो। सो अबसरमा नेपाल रेडक्र्रस दाङले जिन्सी राहत प्रदान गरेको थियो।
नेपाल रेडक्रस सोसाइटी पबननगर उपशाखाले पिडीत २९ परीवारलाइ आधारभुत साम्रगीं प्रदान गरेको उपशाखाका सयोंजक बिमल योगीले जानकारी दिनु भयो।
शान्तिनगर गाउपालीकाका अध्यक्ष कमानसिङ डागींको अध्यक्षता एबम प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । शन्तिनगर गाउपालीकाका प्रबक्ता रबि बुढाथोकीको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण गाउपालीकाका कार्यकारी अधिकृत भिमबहादुर मल्लले गर्नु भएको थियो।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्