भ्रष्टाचार मुद्दामा सजाय भोगेकाले चुनाव लड्न नपाउने गरी विधेयक बनाइँदै



सैघाली खबर,
काठमाडौं १६ , भदौ,। प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक टुंग्याउन ब्यवस्थापिका संसदको राज्य ब्यवस्था समितिको बैठक बसिरहेको छ ।
सिंहदरबारमा बसिरहेको बैठकले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनसम्बन्धी विधेयक टुंग्याउने तयारी गरेको समितिका सदस्यहरुले जानकारी दिएका छन् । भ्रष्टाचारको कसुरमा जेल सजाय भोगिसकेका ब्यक्तिलाई चुनावमा उम्मेदवार बन्न नदिने गरि विधेयक टुंग्याउन दलहरु सहमत भएका छन् ।

केही सांसदले भ्रष्टाचार मुद्दामा दोषी ठहर भइसकेका ब्यक्तिले सजाय भुक्तान गरिसकेपछि उम्मेदवार बन्न पाउनुपर्ने माग गर्दै विधेयकमा संशोधन दर्ता गरेपछि साउन २२ गतेदेखि विधेयकमाथिको छलफल अघि बढ्न सकेको थिएन ।

प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयकको दफा १३ ‘ङ’ मा भ्रष्टाचारलगायत अरु अपराधमा दोषी ठहर भइ सजाय पाएको व्यक्तिले चुनाव लड्न नपाउने प्रस्ताव गरिएको छ ।
मुख्य दलहरुबिच अनौपचारिक रुपमा यहि प्रावधानलाई पारित गर्ने सहमति भएको नेताहरुले बताएका छन् ।

कानुन नपाउँदा मंसिर १० र २१ गतेका लागि तोकिएको संघ र प्रदेशको चुनावको तयारी थाल्न नपाएको भन्दै निर्वाचन आयोगले ताकेता गरिरहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्