प्रदेश र संघको चुनाव मंसिरमै हुने



सैघाली खबर,
काठमाडौं, १६ भदौ ।– प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र संघको चुनाव मंसिरमै हुने बताउनुभएको छ । नेपाल प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले प्रदेश र संघको चुनाव तोकिएकै समयमा हुनेमा आशंका नगर्न आग्रह गर्नुुभएको हो ।
उहाँले आफ्नो भारत भ्रमण उपलब्धिमुलुक भएको दाबी गर्दै भ्रमणका बेला कञ्चनपुरको महाकाली नगरपालिकामा सुख्खा बन्दरगाह निर्माण, ७ नम्बर प्रदेशमा प्राविधिक शिक्षालय विस्तार, दार्चुला र डडेल्धुरा जिल्लामा महाकाली नदीमा भारतका तर्फबाट पक्की पुल निर्माणका लागि सम्झौता भएको बताउनुभयो ।
यस्तै, पञ्चेश्वर परियोजनाको एक महिनाभित्र डिपिआर तयार गरेर योजना अघि बढ्ने भन्दै उहाँले यसले सुदूरपश्चिम सँगै समग्र देशको आर्थिक विकासमा टेवा पुग्ने दावी गर्नुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्