जिल्ला सभा हुने



दाङ । जिल्ला समन्वय समितिदाङले तेस्रो जिल्ला सभागर्ने भएको छ । समन्वय समितिकाप्रमुखजितेन्द्रमान नेपालीको अध्यक्षतामाशुक्रवार बसेको बैठकले जेठ १५गतेभित्रजिल्ला सभागर्ने निर्णय गरेको हो । सभाको तयारीको लागि समन्वय समितिकाउपप्रमुखश्रीधर शर्मा पौडेलको संयोजकत्वमातयारी समिति गठन गरेको छ । समितिको सदस्यमा समन्वयअधिकारी कृष्णप्रसादगौतम, समन्वय समिति सदस्यलोकीकुमारी विक, सावित्रा रिजाल र कर्मचारी डा गोविन्दआचार्य, रामकुमार आचार्य र इन्द्र डिसी छन् ।

त्यसैगरेर बैठकले समन्वयकार्यालयको आन्तरिक कोषमा रहेको रकमको कार्यक्रम स्वीकृतको लागि समन्वयसमितिकाप्रमुखजितेन्द्रमान नेपालीको संयोजकत्वमा समिति गठन भएको छ । कार्यालयको आन्तरिक कोषमा रहेको रकम बाडफाँडको लागि स्थानीयतहले कार्यक्रम प्रस्तावतयार गरेर पठाएका छन् । समितिको सदस्यमा समन्वय समितिकाउपप्रमुखश्रीधर शर्मा पौडेल, समन्वयअधिकारी कृष्ण प्रसादगौतम र इन्द्र डिसी छन् । बैठकले जिल्ला समन्वय समितिको कार्यालयमा रहेको बेरुजु शुन्यमाझार्नको लागि समन्वय समितिकाप्रमुख नेपालीको संयोजकत्वमा वेरुजु असुलउपर तथाफच्यौट समिति गठन गरेको छ । समितिको सदस्यमा समन्वय समितिकाउपप्रमुखपौडेल, समन्वयअधिकारी गौतम, सदस्यहरु लोकीविक र जक्तबहादुर बस्नेत छन् ।वेरुजु फच्यौटको लागि समन्वय समितिले यसअघि पेश्कीलिनको नाममापत्रचार र नाम समेत सार्वजनिकगरिसकेको छ । कार्यालयमाअझै पनि करोडौको वेरुजु छ । त्यसैगरेर बैठकले जिल्ला समन्वय समितिका स्वामित्वमा रहेकाविभिन्नभवनको मर्मत र करार कर्मचारीको म्यादअसार मसान्तसम्मथपगर्ने लगायतको निर्णय गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्