अन्तर्राष्ट्रिय

अफगानिस्तानमा अमेरिकी हवाई आक्रमणमा एकै परिवारका १३ जनाको मृत्यु

By थाहा अनलाइन

September 01, 2017

सैघाली खबर, भदौ १६ –। पूर्वी अफगानिस्तानमा भएको अमेरिका आवद्ध सेनाको हवाई आक्रमणमा एकै परिवारका १३ जनाको ज्यान गएको छ । १५ जना घाइते भएका छन् । अमेरिकी सेनाले हवाई कारबाही भने पनि मारिएका एकै परिवार १३ जनामा प्राय महिला र बालबालिका रहेका एएफपीले जनाएको छ । अमेरिकी सुरक्षा बलले यस घटनाको अनुसन्धान भइरहेको जानकारी दिएका छन् । एक अफगान अधिकारीका अनुसार भने काबुलनजिकै लोगार प्रान्तको दासत ए बारी गाउँमा भएको हवाई आक्रमण्मा एक दर्जन भन्दा बढी आतङ्ककारी मारिएका छन् । अफगान अधिकारीका अनुसार अफगान सुरक्षाबलले नै छुट्टाछुट्टै इलाकामा गरेको हवाई कारबाहीमा १३ सर्वसाधारणको ज्यान गएको केही दिनमा नै पुनः यो घटना भएको छ । अफगानिस्तानमा यस वर्षको सुरुदेखि अहिलेसम्म भएका जारी द्वन्द्वसँग सम्बन्धित हिंसामा एक हजार ६ सय ६२ व्यक्तिको ज्यान गएको छ भने तीन हजार ५ सय घाइते भएका छन् । अफगानिस्तानको लागि संयुक्त राष्ट्र संघका सहयोग मिसनद्वारा गएको महिना प्रकाशित एक प्रतिवेदनमा यस्तो जानकारी दिइएको छ । यो सङ्ख्या गएको वर्षको तुलानामा २० प्रतिशतले बृद्धि भएको पनि मिसनले बताएको छ