मुख्य समाचार

डिआईडि सिजन २ को उद्घाटन

By थाहा अनलाइन

September 01, 2017

दिपक बोहरा, तुलसीपुर १६ भदौ । डान्स आईकन दाङ ९डिआईडी० सिजन २ को आज शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । नृत्य बिधाको संग्र्राम डान्स आईकन दाङ ९डिआईडि० दाङको सिजन २ को तुलसीपुर स्थित मेरिगोल्ड स्कुलबाट उद्घाटन गरिएको छ ।

रणनैतिक संयोजक बिष्णु कुमार देबकोटाको अध्यक्षता तथा पाण्डवेश्वरी यातायात प्रालिका बरिष्ठ उपाध्यक्ष केशब नेपालीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

केन्द्रीय स्तरको नेृत्य बिद्याको डान्स आईकन सिजन २ को पहिलो चरणमा ५८ जना सहभागी थिए ।कार्यक्रममा डिआईडि सिजन १ का बिजेता आशिका रजौरे,सुपर डान्सर एरिका आचार्य, बिद्यालयका शिक्षक बासुदेब रिजाल, अध्यक्ष श्यामलाल रिजाललगायतको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो । सिजन २ स्थानीय एओन टेलिभिजन,सिएन टेलिभिजन लगायत केन्द्रको एनटिभि प्लस र टिभि टुडेबाट प्रशारण हुने छ ।

प्रतिस्पर्धीको निर्णयकहरुमा बिम्याक्स, रितेश गौतम, सरोज केसी, एनटी बसन्त रहेका थिए । कार्यक्रमको सहजीकरण कार्यक्रमका संयोजक दिपक वली र भाकल फिल्मका नायक रोहन पुन पुनले गरेका थिए।