सुरक्षाकर्मी र विद्रोहीबीचको झडपमा ६ बालबालिकासहित १५ को मृत्यु



श्रीलंकामा सुरक्षाकर्मी र विद्रोहीबीच भएको झडपको क्रममा कम्तिमा १५ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले अनुसार शुक्रबार राति भएको झडपमा ६ जना बालबालिकासहित १५ जनाको मृत्यु भएको जनाएका छन्।

गत आइतबार राजधानी कोलम्बो र आसपासका क्षेत्रमा रहेका चर्च तथा सुविधा सम्पन्न होटलमा शृङ्खलाबद्ध बम आक्रमणमा कम्तिमा २५० जनाको मृत्यु भएको थियो।

उक्त घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ । सरकारले बिद्रोहीविरुद्ध कारवाही अभियान चलाएका छन्। यही क्रममा देशको पूर्वी क्षेत्रमा प्रहरी र सशस्त्र बिद्रोहीबिच झडप भएको बताइएको छ। झडपमा ज्यान गुमाउनेमा तीनजना आत्मघाती आक्रमणकारी रहेको सेनाका प्रवक्ताले दाबी गरेको समाचारमा जनाएको छ। झडपको क्रममा तीनवटा बिस्फोट भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्