राष्ट्रिय जनमोर्चाद्धारा ३ कार्यकर्ता निलम्वित



सैघाली खबर
दाङ १६ , भदौ
दाङमा राष्ट्रिय जनमोर्चाले आफ्ना ३ जना कार्यकर्ता लाई कार्वाही गरी पार्टी वाट निष्काशन गरेको छ । पार्र्टीको अनुशाुसन विपरित कार्य गरेको भन्दै जिल्ला ३ जना कार्यकर्तालाई निलम्बन गरेको राष्ट्रिय जनमोर्चा दाङका जिल्ला अध्यक्ष रेशम विसीले जानकारी दिएका छन ।

राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखरीका जिल्ला सदस्य गंगाराम भट्टराई, साधाण सदस्य खगेश्वर खनाल, साधारण सदस्य पदमप्रसाद पौडेले पार्टीको कुनै पनि सदस्य नरहने गरी कार्वाही गरी पार्टी वाट निष्काशन गरिएको जानकारी दिए ।

पार्टी अध्यक्ष विसीले एक विज्ञप्ती जारी गर्दै बारम्बार सचेत गराउदा समेत अटेर गरी मनोमानित गरेकोले उहाँह?लार्य साधारण सदस्य समेत नरहने गरी निलम्बन गरिएको विज्ञप्तीमा उल्लेख छ । साथै पार्टीको सबैलाई सचेतको लागि विज्ञप्ती मार्फत नै अनुरोध गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्