सैघाली खबर
काठमाडौ १६ , भदौ
मोड्लिङ क्षेत्रमा चर्चाको शिखरमा पुगेकी करिश्मा इटानी कला र गलाको पनि धनि छिन् । मोड्लिङ, अभिनय र गायन क्षेत्रलाई एकैसाथ अगाडि बढाएकी करिश्मा हेर्दा पनि अत्यन्त सुन्दर छिन् ।
उनको रुपमा लठ्ठ नपर्ने सायद कमै होलान् । नृत्यमा पनि पोक्त करिश्माले अहिलेसम्म ५ वटा म्यूजीक भिडियोमा अभिनय गरि सकेकी छन् भने केही गीतहरुमा उनले आफ्नो स्वर दिएकी छन् ।
धादिङमा २४ वर्ष अगाडि जन्मिएर काठमाडौलाई कर्मथलो बनाएकी करिश्मा भविष्यमा सफल मोडल, सफल गायीका बन्ने अठोट लिएर अगाडि बढि रहेकी छन् ।
बाबा अर्जुन इटनी र आमा जुना इटनी र पुष्पा इटनीको साथसहयोगमा यो क्षेत्रमा अगाडि बढि रहेको बताउने करिश्मा राम्रो फिलिममा अफर आएमा फिलिम क्षेत्रमा समेत पाइला राख्ने सोँचमा छिन् ।
व्यवसायीकरुपमा व्यूटीपार्लर समेत गरिरहेको र गीतसँगीतबाट थोरैधेरै कमाई रहेकी करिश्मा मेजर अंग्रेजीमा व्याचलर पढ्दापढ्दै मोडलिङ क्षेत्रमा लागेकी हुन् । बाल्यकालदेखि नै गीतसँगीत भनेपछि हुरुक्क हुने करिश्माको स्वर पनि मिठो छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।