५ नं. प्रदेशको राजधानी दाङलाई तोक्ने तयारी



 

 

 

सैघाली खबर

दाङ, १७ भदौ

गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले ५ नं. प्रदेशको अस्थाई केन्द्र दाङको तोक्ने तयारी भइरहेको बताएको छन् । जिल्लाको समग्र विकासकालागि काठमाण्डौं गएको दाङको टोली सँग शुक्रबार भएको भेटमा मन्त्री शर्माले प्रदेशको अस्थाई केन्द्र तुलसीपुर तोक्ने तयारी भइरहेको बताएका हुन् । ‘दाङको विकास र शान्ती शुरक्षाका बिषयमा हामीले गृहमन्त्री सँग लामो कुराकानी गयौं, जिल्लाको विकासकालागि मन्त्री ज्यु सकारात्मक हुनुहुन्छ’, टोलीमा सहभागी तुलसीपुर नगर कार्यपालिकाका प्रबक्ता श्याम डाँगीले भने ।

गृहमन्त्री शर्माले प्रदेशको केन्द्र प्रदेश सभाले टुङ्गाउने बिषय भएपनि अस्थाई मुकाम सरकारले तोक्ने र दुई महिना भित्र तुलसीपुरलाई अस्थाई मुकाम तोक्ने प्रतिबद्धता जनाएको डाँगीले बताए । ‘प्रदेशको केन्द्र कहाँ राख्ने भन्ने बिषयमा सभाले टुङ्गो लगाउँछ, सरकारले तुलसीपुरलाई दुई महिना भित्र अस्थाई मुकाम तोक्छ, तपाईहरु ढुक्क हुनुहोस्,’ गृहमन्त्री शर्माको भनाई छ । गृहमन्त्री शर्मा सँग दाङको समग्र बिकास र शान्ती शुरक्षाका बिषयमा कुराकानी भएको जानकारी दिंदै डाँगीले प्रदेश प्रहरी प्रमुख कार्यालय तुलसीपुरमा स्थापना भएकाले अव जिल्लो शुरक्षा अवस्था मजवुद हुने उनले बताएको जानकारी दिए ।टरिगाउँ हवाई मैदानमा उडान सुचारु गर्ने बिषयमा मन्त्री शर्माले इन्धन र यात्रुको समस्या देखाएको र तुलसीपुरका मेयर पाण्डेले इन्धन डिपो स्थापनाका लागि आयल निगम सँग कुराकानी गर्ने तथा टिकटको जिम्मा उपमहानगरपालिकाले लिने बताएपछि जसरी पनि उडान सुचारु गर्ने बिषयमा मन्त्री शर्मा सकारात्मक भएको प्रबक्ता डाँगीले बताए ।

टोलीले हवाई उडान सुचारुका बिषयमा गोमा, बुद्ध, यती लगायतका नीजि एएरलाइन्स कम्पनीका अधिकारीहरुसँग पनि छलफल गरेको नगर कार्यपालिका सदस्य अमर नेपाली माइकल ले जानकारी दिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्